12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहाजिरीजवाफमा भुटनदेवी पहिलो
spot_img

हाजिरीजवाफमा भुटनदेवी पहिलो

spot_img

हेटौंडा/जेसीआई हेटौंडाले जेसीज सप्ताह–२०२५ अन्तर्गत् पा“चौं कार्यक्रमका रुपमा अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सन् २००५ का शाखा अध्यक्ष देवेन्द्रध्वज कार्कीकी आमाको स्मृतिमा आयोजित कार्यक्रम हेटौंडा–९ स्थित जेसीआई हेटौंडाको सचिवालयमा सम्पन्न गरिएको हो । कार्यक्रममा मकवानपुरका १५ विद्यालयको सहभागिता थियो ।

प्रतिस्पर्धामार्फत् भुटनदेवी माध्यमिक विद्यालय पहिलो, तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए । विजेताहरुलाई क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजारसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव सञ्जयकुमार न्यौपानेले जानकारी दिए ।

- Advertisement - Ad Banner

सन् २०२५ का शाखा अध्यक्ष पंकजदास बानिया“को सभाध्यक्षतामा सम्पन्न हाजिरीजवाफ कार्यक्रम संयोजक विवेक फुया“ल तथा जिल्ला शिक्षा विकास तथा समन्वय एकाईं मकवानपुर प्रमुख सुदीप गिरी प्रमुख अतिथि थिए । सन् २०२५ को जेसीज सप्ताहका लागि मुल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमुल कार्यक्रम संयोजक किरण आले छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि