9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाविद्यार्थीलाई साइबर सुरक्षा अभिमुखीकरण
spot_img

विद्यार्थीलाई साइबर सुरक्षा अभिमुखीकरण

spot_img

हेटौंडा/जेसीआई हेटौंडाले जेसीज सप्ताह–२०२५ अन्तर्गत् साइबर सुरक्षासम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम दिउ“सो २ बजेदेखि सञ्चालन गरिएको हो ।

सन् २०२५ का शाखा अध्यक्ष पंकजदास बानिया“को सभाध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको संयोजक विजय गोपाली तथा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रममा क्यान महासंघ मकवानपुर निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानिया“लगायतको आतिथ्यता थियो ।

- Advertisement - Ad Banner

अभिमुखीकरण जिल्ला प्रहरी कार्यालय मकवानपुरका तर्फबाट संगीता लामा र श्याम श्रेष्ठले सञ्चालन गरेका थिए । उनीहरुले विद्यार्थीलाई सामाजिकसञ्जाल प्रयोगस“ग जोडिएका जोखिम, साइबर अपराधका प्रकार, सावधानी अपनाउने तरिका, गोपनीयता सुरक्षा तथा अपराधजन्य व्यवहारबाट कसरी जोगिने भन्ने विषयमा व्यवहारिक जानकारी प्रदान गरेका थिए । कक्षा–९ र १० का करिब ७० विद्यार्थी सहभागी कार्यक्रममा साइबर अपराधसम्बन्धि विद्यमान कानुनी उपचार प्रक्रिया र पीडित भएपछि कहा“, कसरी उजुरी गर्ने भन्ने विषयमा विस्तृत प्रष्टीकरण दिइएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव सञ्जयकुमार न्यौपानेले जानकारी गराए । सन् २०२५ को जेसीज सप्ताहका लागि मुल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमुल कार्यक्रम संयोजक किरण आले छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि