हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर सहकारी अस्पताल हेटौंडाबीच स्वास्थ्य सेवामा सहुलियतसम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । मउवा संघआवद्ध सदस्य, सल्लाहकार, कर्मचारी र तिनका परिवारका सदस्यहरुले औषधी तथा उपचारमा सहुलियत पाउने व्यवस्था गरी मउवा संघका तर्फबाट अध्यक्ष प्रमोदसिंह रानभाट र मकवानपुर सहकारी अस्पताल अध्यक्ष नरोत्तम दाहालबाट हस्ताक्षर भएको हो ।
जसअन्तर्गत् अस्पतालले औषधीमा १० प्रतिशत् र उपचारको हकमा बिरामी भर्ना भइ उपचार गर्नुपरे बेडचार्ज र इन्भेष्टिगेसनमा २० प्रतिशत्, बिरामीको अपरेसनमा १० प्रतिशत् र इमर्जेन्सी सेवामा १० प्रतिशत् छुट प्रदान गर्ने सहमति भएको संघ अध्यक्ष रानाभाटले जानकारी गराए । तर, विशेषज्ञ ओपीडी सेवामा भने सहुलियत नहुने जनाइएको छ ।
संघ अध्यक्ष रानाभाटले उद्योगी/व्यवसायीहरुलाई सुबिधा बृद्धि गर्न संघ र अस्पतालको आपसी हितलाई केन्द्रमा राखी समझदारी गरिएको बताए । अस्पताल सचिव अर्जुनप्रसाद बिडारीले प्रतिष्ठित संस्थाका रुपमा रहेको मउवा संघस“ग एमओयु गर्न पाएकोमा खुशी व्यक्त गर्दै मकवानपुर सहकारी अस्पताल जिल्लाको अग्रणी अस्पतालका रुपमा स्थापित हु“दै गएको बताए ।
संघ उपाध्यक्ष उज्ज्वल चौलागाईंले बालबालिका र हाडजोर्नीका लागि मकवानपुर सहकारी अस्पताल थप प्रख्यात रहेको, थप परिस्कृतसहित उत्कृष्ट सेवाप्रवाह गर्न सफलता र सेवाग्राहीको भरोसाको केन्द्र अस्पताल बनोस् भनी शुभकामना व्यक्त गरे । कार्यक्रममा संघ महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राखेकी थिइन् ।









