12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाथाहामा बसपार्क सञ्चालनमा
spot_img

थाहामा बसपार्क सञ्चालनमा

spot_img

हेटौंडा/स्थानीय युवाहरुको निरन्तरको दबाबपछि मकवानपुरको थाहा नगरपालिकामा थाहा बसपार्क सञ्चालनमा आएको छ । थाहा नगरपालिका–४, नार्खुढाडमा निर्माणाधीन बसपार्क बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । शिखरकोट बजार क्षेत्रको मुख्य सडकमार्गमै सवारीसाधन सञ्चालन हु“दा बढ्दै गएको दुर्घटनाको जोखिम, पार्किङको समस्या र अव्यवस्थित यातायात व्यवस्थापनका कारण स्थानीय युवाले लामो समयदेखि दबाब दिइरहेका थिए ।

अन्ततः सोही दबाब र निरन्तर पहलपछि थाहा नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो । औपचारिक समारोहबीच थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टले बसपार्कबाट सेवा शुभारम्भ गर्दै बसपार्क सञ्चालनको सुरुवात गरे । प्रमुख बिष्टले बसपार्क सञ्चालन कार्यविधिअनुसार गरिएको बताउ“दै यस कार्यमा स्थानीय युवाको योगदान उल्लेखनीय रहेको बताए । बिगतमा ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न नभए पनि अब भौतिक संरचना निर्माणका लागि संघीय सरकारलाई दबाब दिने उनले बताए ।

- Advertisement - Ad Banner

उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यसस“गै नया“ चुनौतीहरु पनि थपिएको बताए । यातायात व्यवसायी, स्थानीय समुदाय र निजीक्षेत्रस“ग सहकार्य गरेर समाधानतर्फ अघि बढ्ने पनि उनले बताए । थाहा नगरपालिका कार्यपालिकाको बैठकले स्वीकृत गरेको थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० का आधारमा बसपार्क सञ्चालन गरिएको हो ।

थाहा बसपार्क सञ्चालनस“गै थाहा नगरको यातायात व्यवस्थापनमा नया“ अध्याय सुरु भएको छ । यसले नगर क्षेत्रमा सवारी पार्किङ, यात्रु सुबिधा र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । थानाबजारनजिकको करिब ४८ रोपनी क्षेत्रफलमा निर्माणाधीन बसपार्कलाई नगरको गौरवको आयोजना मानिएको छ । करिब ३० लाखको प्रारम्भिक लगानीबाट सुरु गरिएको आयोजना बहुसंरचना समेटिएको आधुनिक बसपार्कका रुपमा अगाडि बढाइने योजना छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि