हेटांैडा/हेटौंडामा बुधबारदेखि शुरु एन्फा प्रेसिडेन्ट कपमा चित्लाङ फुटबल क्लब काठमाडौंले उत्कृष्ट जितसाथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ । हेटांैडा–६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लब धनकुटालाई ४–१ को अन्तरले हराउ“दै विजयी शुरुवात गरेको हो ।
्
चित्लाङको जितमा चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तानले गोल गरे । पराजित देउरालीका लागि भने रामचन्द्र बज्युले एकमात्र गोल फर्काएका थिए । खेलमा चित्लाङका जय गुरुङ म्यान अफ दी म्याच चुनिए । चित्लाङका लागि दासले ३२ औं, सुब्बाले ४७ औं, खड्काले ४८ औं र स्याङ्तानले ८८ औं मिनेटमा गोल गरे भने देउरालीका लागि बज्युले दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल फर्काए । प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ घोषित भए । उनले ५ हजार रुपिया“ प्राप्त गरे ।
दोस्रो खेलमा विजय स्पोट्र्स क्लब (कैलाली) र लालीगुरा“स एसोसिएसन क्लब (कास्की) ले गोलरहित बराबरी खेल्दै अंक बा“डेका छन् । प्लेयर अफ दी म्याच लालीगुरा“सका सुरजजंग ठकुरी घोषित भए । उनले ५ हजार रुपिया“ प्राप्त गरे । प्रतियोगितामा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), का“क्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहु“), टाइगर्स टिम टीकाताथल (दोलखा) र लालीगुरा“स एसोसिएसन क्लब कास्की सहभागी छन् । प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन भएको छ । प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिता विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग २०२५ मंसिर २ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगितामा देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनौट भएका १० टिम सहभागी छन् ।









