हेटौंडा/जेसीआई हेटौंडाको जेसीज सप्ताह–२०२५ अन्तर्गत् मंगलबार रक्तदान कार्यक्रम तथा स्लो मोटरसाइकल प्रतियोगिता भएको छ । ॅरक्तदान–जीवनदान’ भन्ने मुल नारासाथ हेटौंडा–४ स्थित हुप्रचौरमा सम्पन्न पहिलो कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्त सञ्चारकेन्द्र मकवानपुरको प्राविधिक सहयोग रहेको थियो ।
ॅतीव्रगति–जीवन क्षति’ भन्ने मुल नारासाथ दोस्रो कार्यक्रम स्लो मोटरसाइकल प्रतियोगितामा हेटौंडा–५ निवासी विक्रम उलक प्रथम, हेटौंडा–५ कै मित्रप्रसाद गौतम द्वितीय र हेटौंडा–२ का विवेक बानिया“ तृतीय भएका छन् । हेटौंडा–४ शितल महल चोकदेखि हुप्रचौर गेटसम्म भएको प्रतियोगितामा २५ जना सहभागी थिए । प्रतियोगितामा सहभागीहरुलाई प्रहरी उपरीक्षक सुवास बोहराबाट प्रमाणपत्र एवम् प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।
सन् २०२५ का शाखा अध्यक्ष पंकजदास बनिया“को सभाध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको संयोजक बिनोद वाग्ले एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाईं प्रमुख आतिथि थिए भने अशोक सिंहको संयोजकत्वमा भएको खुला स्लो मोटरसाइकल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बोहराको प्रमुख आतिथ्यता थियो । सप्ताहव्यापी कार्यक्रममा जेसीआई हेटौंडा सन् २०२० का शाखा अध्यक्ष राजदेव बनिया“, २००८ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहकार एवम् बोर्ड अफ ट्रष्टी अध्यक्ष कुश रिजालको आतिथ्यतास“गै जेसीज सदस्यहरुको उपस्थिति थियो । सन् २०२५ को जेसीज सप्ताहका लागि मुल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमुल कार्यक्रम संयोजक किरण आले छन् । कार्यक्रम सञ्चालन जेसीआई हेटौंडा सन् २०२५ का महासचिव सञ्जयकुमार न्यौपालेले गरेका थिए ।









