हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिका वडा नम्बर–१० का ५ टोललाई पूर्णसरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । सोमबार कोशीराङ–घट्टेचौर, कुमलटार, भाल्टार, स“गिने र बा“झोखेत टोललाई वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा अध्यक्ष मुक्तानले खानेपानी आमनागरिकको नैसर्गिक र मौलिक अधिकार रहेको बताए । खानेपानीको कार्यक्रमहरुलाई दीगोपना दिन गाउ“पालिकाले विभिन्न संस्थास“गको साझेदारीमा कामहरु गरिरहेको अध्यक्ष मुक्तानले बताए । पानीको मुहान दर्ता गर्न आग्रह गर्दै मुहानको वीमा कार्यक्रम पालिकाले ल्याएको र दर्ता भएका मुहानको विपद्मा भत्किएको अवस्थामा वीमामार्फत् निर्माण गर्न सहज हुने मुक्तानले बताए । खानेपानी शुद्धीकरण गर्न फिल्टरसमेत वितरण गरिएकाले फिल्टरको पानी प्रयोग गर्न उनको आग्रह छ ।
पानीट्यांकीलगायत अन्य संरचना संरक्षण गर्नु दायित्व भएकाले सबै मिलेर व्यवस्थापन गर्न अध्यक्ष मुक्तानले निर्देशन दिए । ३ हजारदेखि पंैतीस सय घरधुरीमा ॅएक घर–एक धारा’ निर्माण गरिने लक्ष्य राखिएको उनले बताए । खानेपानीमात्र नभइ सरसफाइमा समेत ध्यान दिन आग्रह गर्दै गाउ“पालिकाले खानेपानीको क्षेत्रसहित विकास निर्माणका सडक तथा अन्य भौतिक संरचनाका कार्यहरु धमाधम भइरहेको उनले बताए ।
पालिका उपाध्यक्ष बालकुमार मल्लले सरसफाइका सूचक र उपसूचकलाई पालना गर्न अनुरोध गरेका थिए । गरिएको प्रतिवद्धताअनुरुप काम गरिनुपर्ने बताउ“दै खानेपानीको मुहानदेखि घरको धारासम्मका संरचना संरक्षण गर्नुपर्ने बताए । ॅखानेपानी सबैको मौलिक हक हो । शुद्ध खानेपानी पिउनका लागि पालिकाले साझेदारीमा काम गर्दै आइरहेको छ,’ उपाध्यक्ष मल्लले बताए । फोहोर पानी पिउ“दा विभिन्न रोग लाग्ने वडाध्यक्ष ब्लोनले बताए । उनले मुहानदेखि भान्सासम्म पानी सफा हुनका साथै घर, शौचालय, भान्सा, टोल/समुदाय सफा राख्नु सबैको दायित्व रहेको बताए । वडामा ५३ वटा टोल छन्, पहिलो पटक टोल घोषणा गरियो, सरसफाइ र स्वच्छताको काम हेर्न अन्य ठाउ“का मानिसहरु उक्त टोलमा आउने गरी काम गर्न उनको आग्रह छ । ॅगर्ने/गराउने, सिक्ने/सिकाउने कामलाई निरन्तरता दिन सकियो भने नमूना टोल बन्छ,’ उनले बताए ।
तल्लो क्षेत्रको टोलमा घर, होटल, तथा सार्वजनिक निकायबाट निस्केका फोहोर व्यवस्थापनका लागि उचित स्थान निर्माण गरिनुपर्ने उनले बताएका थिए । उनले घोषणा भएका टोलबासीलाई शौचालय कार्ड वडाबाट वितरण गरिने भएकाले वडामा आउनसमेत अनुरोध गरे । कार्यक्रममा ग्रामीण पुनर्निर्माण केन्द्र (आरआरएन) का जिल्ला संयोजक लीलबहादुर कार्कीले प्रदुषित पानीले ६० प्रतिशत् रोग लाग्ने बताए । जर्मन सरकारको डब्लुएचएचको सहयोगमा आरआरएनले पालिकास“ग सहजीकरण गरी साझेदारीमा शुद्ध खानेपानी प्रयोग गरिनुपर्छ भनेर सुरक्षित पानी, सरसफाइ अभियान सञ्चालन गरिएको बताए । ॅसचेतना बढाउनुस्, सोच बदल्नुस् । पानीको महत्व फराकिलो छ,’ उनले बताए । सरसफाइका ७ सूचक र २३ वटा उपसूचकलाई सबैले पालना गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य सुन्तली सुनुवार, वडा सदस्यद्वय जुनसरी राई र दिनेशकुमार थिङ, पूर्व वडाअध्यक्ष माणिकलाल मोक्तान, आधारभुत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोषकुमार सिंह, कोसीराङ–घट्टेचौर खानेपानी उपभोक्ता समिति अध्यक्ष संवेग सिन्तान, शान्तिसिर्जना आधारभुत विद्यालय अध्यक्ष कमल अर्याल, खानेपानी समितिका अध्यक्ष हर्कबहादुर तितुङलगायतको आतिथ्यता थियो । कोसीराङ–घट्टेचौरटोलमा ३३ घरधुरी र कुमलटार, भाल्टार, स“गिने र बा“झोखेत टोलमा ९५ घरधुरीमा ॅएक घर–एक धारा’ निर्माण भएका छन् । स“गिने टोल भने वडा नम्बर–९ मा पर्दछ ।









