9.6 C
Makwānpur
Homeमुख्य समाचारखानेपानी उपभोक्ता समिति बोर्डमा
spot_img

खानेपानी उपभोक्ता समिति बोर्डमा

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१, मैनटारमा सञ्चालित खानेपानी योजना आइतबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको यो सत्रौं उपभोक्ता समिति हो ।

बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयअन्तर्गत् खानेपानी तथा सरसफाइ डिभिजन–१ हेटौंडाबाट करिब १ करोड १० लाख रुपिया“ लगानी र उपभोक्ताहरुको लागत सहभागितासमेत गरी १ करोड ४० लाख लागतमा निर्मित १ लाख लिटर क्षमताको पानीट्यांकी, समवेल, करिब ५ किमि पाइपलाइनसहित पूर्वाधारहरु एवम् हालसम्म जडान भइ पानी सञ्चालनमा रहेका ६९ धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको हो ।

- Advertisement - Ad Banner

मैनटार खानेपानी उपभोक्ता समितिबाट सञ्चालित आयोजना हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानरपालिका उपप्रमुख राजेश बानिया“को प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष सबिन न्यौपाने, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, वडा सदस्य रामकृष्ण अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा र इञ्जिनियर विपिनराज वाग्लेको आतिथ्यता एवम् खानेपानी उपभोक्ता समिति अध्यक्ष दिलबहादुर सुनारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपभोक्ता समिति सचिव बैकुण्ठ पराजुलीले स्वागत मन्तव्यसहित कार्यक्रम सञ्चालन गर्नुका साथै वडा सदस्य रामकृष्ण अधिकारीले आयोजनाबारे बिस्तृत जानकारी दिएका थिए । कार्यक्रममा स्थानीय खानेपानी उपभोक्तहरुबाट राखिएका जिज्ञासाहरुको सहजीकरण खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष बिष्टले प्रष्ट पारेका थिए । वडा अध्यक्ष न्यौपाने र कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख बानिया“ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय खानेपानी उपभोक्ता, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी, वडाको मैनटार तथा लालझाडी क्षेत्रका सामाजिक व्यक्तिहरुको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि