9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंंडामा एन्फा प्रेसिडेण्ट लिग
spot_img

हेटौंंडामा एन्फा प्रेसिडेण्ट लिग

spot_img

हेटौंडा/हेटौंंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रतियोगिता कात्तिक १९ गतेबाट प्रतियोगिता सुरु हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा देशभरका सात वटै प्रदेशका लिग च्याम्पियन क्लबसहित १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने १० वटै क्लबलाई तयारी खर्चबापत् एन्फाले ७ लाख ५० हजार प्रदान गरेको छ भने खेलतालिका सार्वजनिक भइसकेको छ । मंसिर २ गतेसम्म हुने प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख रुपिया“सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपिया“ प्राप्त गर्नेछ भने अन्य विधागत् उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपिया“ प्रदान गरिनेछ ।

- Advertisement - Ad Banner

एन्फा प्रेसिडेण्ट लिगमा समूह ॅए’ मा जनजागृति युवा क्लब, चित्लाङ एफसी, विजय स्पोर्टस् क्लब, लालीगुरा“स एसोसिएसन क्लब र देउराली युथ क्लब छन् भने समूह ॅबी’ मा नवजागृति क्लब, हाइसान्स क्लब, टाइगर टिम, गाईघाट एफसी र का“क्रेविहार युथ क्लब छन् । प्रतियोगिता उद्घाटन खेल चित्लाङ एफसी र देउराली युथ क्लबबीच हुनेछ ।

प्रतियोगिताको तयारीलाई तीव्र पारिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका एन्फा केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए । ॅएन्फाको आयोजनामा हुन लागेको प्रेसिडेण्ट कप फुटबल प्रतियोगिताको आतिथ्यता गर्ने मौका हाम्रो मकवानपुर जिल्ला फुटबल संघले पाएको छ,’ लामाले भने–यस जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि हाम्रो टिम लागिपरेको छ । चौर मर्मतदेखि प्रचारप्रसार लगायतका काम गरिरहेका छौं ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि