डा. सम्राट तुम्बाहाङ्फे
आयुर्वेदको सिद्धान्त, मुल्य र मान्यताको अधारमा, लेखकको आफ्नो अध्ययन, अनुसन्धान अनुसार वा कोदोलाई दैनिक जीवनमा उपभोग गरेको अनुभवको आधारमा, कोदोबाट स्वास्थ्य उपचार हुने व्यवहारिक तथा वैज्ञानिकरूपमा पुष्टि गर्न यहा“ उल्लेख गरिएका तथ्याङ्कपरक आधारहरू लाई यस आलेखले उजागर गर्ने प्रयत्न गरेको छ ।
ऐतिहासिक पृष्ठभूमि :
चार हजार वर्षअघि अफ्रिका महादेशको इथियोपियाबाट उब्जनी सुरू भएको मानिने कोदो घा“से परिवारमा पर्ने एक वर्षे वाली हो । वैज्ञानिक भाषामा कोदो, चिना, उवा, कागुनो, जुनेलो लगायतका १० थरीका वालीलाई कोदोजन्य समूहमा राखिएको छ । फापर र लट्टेको दानाको आकार प्रकार पोषणसम्बन्धि गुण र उपभोगको तरिकामा कोदोस“ग समानता देखिने भएकाले कोदोजन्य वाली अन्तर्गत नै रहेको पाइन्छ ।
सामान्य परिचय :
यो तृण ॅजातीय वार्षिक खाद्य वाली हो । यसको उचाई ०.५–२ फिटसम्मको हुन्छ । यसको पात पातलो तथा अलिंक लामो हुन्छ । बीउ सर्खु जस्तो भूससहित कालो रंङको र भुस निकाल्दा पहेंलोयुक्त र सेतो रंगको हुन्छ । कोदो पाकीसकेपछि वा फल टिपी सकेपछि यसको बोट पहेलो रंगको हुन्छ । कोदो टिपिसकेपछि यसको बोटलाई ॅनल’ भनिन्छ । ॅनल’ लाई तत्काल काटेर गाई, भै“सीलाई दिंदा राम्ररी खाने गरेको पाइन्छ । यसको पात सुरूमा हल्का हरियो १०–३० सेन्टिमिटर लामो हुन्छ । कोदो भन्नाले गोलाकार स्वरूपको रातो वा सेतो रंगको मसिनो दाना भएको खाद्यन्यलाई बुझिन्छ । कोदोको बाला हातको औंला आकारको जस्तो दखिने हु“दा यसलाई अंग्रेजीमा ॅफिंगर मिलेट’ पनि भन्ने गरिन्छ । सुख्खा तथा चिस्यान कम हुने माटोमा उत्पादन राम्रो दिने भएकाले पहाडी क्षेत्रमा कोदोलाई सुख्खा खेतीकारूपमा लिने गरिन्छ ।
समुद्र सतहवाट ३०० मिटरदेखि ३००० मिटर सम्मको उचाईमा कोदो खेती गर्न सकिन्छ । १२० दिनदेखि १८० दिनको अवधिमा पाक्ने वाली धान भन्दा छोटो अवधिमा तयार हुन्छ । प्रतिहेक्टर १ एकहजार किलोसम्म उत्पादनक्षमता भएको कोदो उन्नत व्यवस्थापनमा ३३०० केजीसम्म उत्पादन भएको प्रमाणहरू पाइन्छन् ।
कोदोको नामहरु :
ँनेपालीमा : कोदो, ँहिन्दीमाः कोदो धान, कोदव, मडुवा कोदो, ँनेवारीमाः दुसे ँसंस्कृत :कोद्रव, कोरढुपु ँअंग्रेजीमाः प्यमयmष्ििभत, ँल्याटिनमास् भ्भिगकष्लभ ऋयचबअबललब.
उत्पत्ती स्थान :
नेपालमा यो २०० देखि २२०० मि. उचाई सम्मको पूर्वदेखि मध्यभागसम्म हुन्छ । म्ष्कतचष्दगतभम तजचयगनजयगत ल्भउब ितय बदयगत द्दद्धण्ण्m, यल यउभल, कबलमथ नचयगलम, बकिय ष्ल कयगतजभबकत ब्कष्ब।
मुख्य रासायनिक संरचना :
मानव स्वास्थ्यको लागि अत्यन्तै फाइदा जनक मानिने कोदोमा फाइवर, क्याल्सियम, म्याग्नेसियम, फलाम, फस्फोरस, भिटामिन वी ३, एन्टी अक्सिडेन्ट, नाइसिन, प्रोटिन, थायमिन, राइवोफलोमिन र जिंक जस्ता खनिज पदार्थहरु प्रर्याप्त मात्रामा पाइन्छ ।
औषधीमा उपयोगी भागहरु :
१. बिउः दाना सानो गोलो आकारको हुन्छ ४ एम .एम.लम्बाइको हुन्छ भने खैरो विउ, रातो बिउ ।
२. देख्नमा सानो गेडाः दाना बिउ हो, यसको भित्री संरचना ६ देखि १० तहसम्मको सेल्सहरू हुन्छन् । यसको भित्री भागमा प्रायःजसो तेलयुक्त हुन्छ ।
रसः मधुर, कषाय, गुणः लघु, रूक्ष, विपाकः कटु, वीर्यः शोत, दोष कर्म : कालपित्त शामक
उपयोगः अति स्थोल्य, मोदोरोग, प्रमेह, रक्तपिक्त जलोदर, नाडीव्रण, ब्रण अन्नद्रवशु आदि । प्रयोजन कल्प एवम् मात्राः दैनिक जीवनमा खाना र खाजोकोरूपमा ढिडो, रोटी या सुप बनाएर अन्य प्रकारहरू बनाए खान सकिन्छ ।
नेपालमा कोदोको प्रकार :
नेपालमा रातो कोदो, सेतो कोदो, मुड्के कोदो, लटरे कोदो र पौदुरे कोदो आदि विभिन्न रैथाने जातको कोदोको खेतीगर्ने गरिन्छ । नार्कका केही कृषि वैज्ञानिकहरूले जम्मा ११ जातका प्रका–रहरुको कोदो भएको मौखिकरूपले बताउछन् ।
कोदोबाट स्वास्थ्य उपचार :
१. पाचन प्रणालीमा सहयोग :
ँकोदोको नियमित सेवनवाट हाम्रो पाचन प्रणालीलाई ठीक राख्न सहयोग पुग्दछ ।
२. कब्जियतमा सहयोगि :
ँकोदोमा रहेका फाइवरले कब्जियतलाई ठीक गर्न सहयोग पुर्याउछ ।
३. चिनी र तौललाई ठीक राख्न सहयोगः ँकोदोको नियमित सेवनले शरीरमा चिनीको अवशोषणलाई ढिलो बनाउछ । रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र शरीरको तौलसमेतलाई सन्तुलन राख्न सहयोग पुर्याउछ ।
४. ग्लुटेन मुक्तः
ँग्लुटेन संवेदनशीलता वा सेलिअक रोग भएका व्यक्तिहरूका लागि कोदोजन्य अन्नहरू एक उत्कृष्ट विकल्प हुन् किन कि यिनीहरू ग्लुटेनमुक्त हुन्छ ।
५. स्नायु प्रणालीलाई वलियो बनाउन सहयोगः ँफलाम क्यालसियम म्याग्नेसियम, फोस्फोरस, पोटासियम जस्ता खनिजको स्रोत कोदो भएकाले यसको सेवनले स्नायु प्रणालीलाई बलियो बनाउन सहयोग पुर्याउंछ । (वैज्ञानिक डा. जोशी)
६.क्यान्सरवाट जोगाउन सहयोग : भरपुर मात्रामा एण्टी अक्सिडेण्ट कादोमा रहेकोले, कोदोको नियमित सेवनले क्यान्सरवाट जोगाउनसमेत सहयोग पुर्याउंछ ।
७. मांसपेशी ठीक राख्न सहयोग :
ँकोदोको नियमित सेवनले शरीरका विषाक्त तत्वहरूलाई हटाएर मांसपेशीहरूलाई ठीक राख्न सहयोग पुर्याउंछ
८. पार्किन्सन्स र मेटावालिक सिन्ड्रोमबाट
ँधेरै पौष्टिक तत्वहरूयुक्त कोदोको नियमित सेवनले पार्किन्सन्स र मेटावोलिक सिन्ड्रोम लगायतका थुप्रै रोगहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ ।
९. कोलेस्ट्रोल कम गराउन सहयोग :
ँविभिन्न उच्च पौष्टिक तत्वहरूले युक्त भएको कोदोको रेशाले कोलोस्ट्रोल कम गर्नसमेत सघाउ पुर्याउंछ ।
१०. बालवालिकाको हाँड र दाँतको विकास :
ँविभिन्न उच्च कोटीको पौष्टिक तत्वहरूले युक्त कोदोको नियमित सेवनले बालवालिकाको हा“ड र दा“तको विकासमा सहयोग पुर्याउंछ ।
११. स्तन क्यान्सरलाई कम गराउछ :
ँकोदोेको रेशाले महिलाको स्तन क्यान्सरको सम्भावना कमगर्ने बताइएको छ । दैनिक ३० ग्राम रेशा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम हुने पुष्टि गरेको छ ।
१२. मधुमेह नियन्त्रणमा सहयोग :
सुगरमा रहेको ग्लाइसेमिक इण्डेक्स जीआई) लाई कोदोजन्य अन्नहरूको नियमित सेवनले विस्तारै घटाउ“दै लाने काम गर्दछ यसले गर्दा मधुमेह पिडितहरूका लागि कोदो निकै लाभदायक मानिन्छ ।
१३. मुटुरोग तथा मोटोपनमा सहयोग :
ँकोदोको नियमित सेवनले मुटुरोग र शरीरको मोटोपनसहित पुरानो असाध्य रोगहरूलाई हरण गर्न समेत सहयोग पुर्याउंछ ।
१४. रक्त अल्पताको रोकथाममा सहयोग : ँफलामको राम्रो स्रोत भएकाले यिनीहरूले रक्त अल्पता (एनिमिया) को रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्दछन् । जुन विशेषगरी महिला र बालवालिकामा समस्याकोरूपमा हुन्छ । कोदो विशेष गरेर महिला त्यसमा पनि सुत्केरी गर्भवती बालबालिका र मधुमेह पीडितहरूका लागि ज्यादै उपयोगी हुनेछ ।
१५. रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि :
ँकोदोमा पाइने भिटामिनहरू र खनिजहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्दछ, जसले गर्दा शरीरका विभिन्न संक्रमण र रोगहरूसंग लड्न सक्षम हुन्छ ।
१६. पोषण सुरक्षामा सहयोग :
ँनेपालमा विशेष गरेर बालबालिकार महिलामा कुपोषणको समस्या बढी देखिन्छ । कोदोमा पाइने उच्च पोषणयुक्त तत्वहरूले कुपोषणसंग लड्न र पोषण सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । कोदोजन्य खाद्यान्नले नै आवश्यक पोषक तत्वहरूको कमिलाई पुरा गर्न मद्दत गर्दछ ।
जलवायु परिवर्तन प्रतिरोधी वाली :
जलवायु परिवर्तनले कृषिमा पर्ने प्रतिकुल प्रभावलाई मध्य नजर गरी कोदो जस्ता वालीहरू खाद्य संकटको अवस्थामा पनि उत्पादन दिन सक्ने भएकोले खाद्य सुरक्षाका लागि अति आवश्यक छन । यिनीहरूले माटोको उर्वरालाई कायम राख्न मद्दत गर्दछ । जसले दिगोकृषि प्रणालीलाई बढावा दिन्छ । खास वर्षा चिस्यान पनि चाहि“दैन, रूखो माटोमा यसको खेती हुन्छ । रोगहरू पनि ज्यादै कम लाग्छ । मौसमको जस्तोसुकै चुनौतीपूर्ण प्रतिकुल परिस्थितिमा पनि कोदोको खेती हुन्छ र गरिन्छ ।
स्थानीय जनताबाट कोदोको उपभोग :
सेलरोटी, केक, पाउरोटी, रोटी कुकिज, दिढो, बिस्कुट, मःम, लिटो, हरलिक्स, जांड, रक्सी, तोङ्वा, पुवा, पापडि, भुजिया, स्पाघेरी, नुडल्स, वन मफिन शिशु खाद्य आदि अन्य धेरै परिकारहरू बनाएर यसको स्थानीय जनताले उपभोग गर्दछन् ।
निष्कर्षः
हाम्रो दैनिक जीवनमा जे जे कुराहरू खान्छौं, त्यसबाट रगत, मासु, बोसो, हाड बीर्य आदि धेरै कुराहरू बन्दछन् भनौ यिनीहरूलाई सहयोग पुर्याउने कार्य गर्दछ । त्यसकारण संक्षेपमा भन्नु पर्दा खाने कुरा नै औषधी हो । यस अर्थमा कोदोमा भएको ज्यादै उच्च कोटोका पौष्टिक तत्वहरूले गर्दा, त्यसको सेवनले हाम्रो स्वास्थ्यको बहुआयामिक दृष्टिकोणबाट उपचार हुने कार्य गर्दछ ।
(स्रोतः “चन्द्र निघण्टु” पेज नं. २४३ र २४४ सिहदरवार वैद्यखाना ।









