हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडास्थित सिमलटार निवासी विजय स्याङ्तान र सपना स्याङ्तानका ३ महिने छोरा सुबिन स्याङ्तान केही समयदेखि भरतपुर सीएमसी अस्पतालमा उपचाररत् छन् ।
उनी बेलाबेलामा मुर्छित हुने भएपछि हेटौंडा अस्पताल लगिएको थियो । हेटौंडामा थप उपचार गर्न भनेपछि यहा“बाट भरतपुर रिफर गरिएको थियो । केही समयदेखि भरतपुर सीएमसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिरहेको पारिवारिकस्रोतबाट थाहा हुन आएको छ । बालकलाई शरीरमा सेतो रगत कम भएकाले समस्या थप देखिन गएको छ ।
अस्पतालस्रोतले अवस्था नाजुक भएकाले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताएपछि बालकलाई भेन्टिलेटरमा राखिएको परिवारजनले जानकारी दिएको छ । ॅछोराको उपचारमा हालसम्म २ लाख खर्च भइसकेको छ । दिनमा २० हजार खर्च हुन्छ उपचारमा,’ बालकका पिता विजय भन्छन्–म सामान्य ट्रयाक्टरचालक हु“ । ट्रयाक्टर चलाएको दिनमा आम्दानी हुन्छ, नचलेको दिनमा आम्दानी ह“ुदैन । परिवारका ८ वर्षीय छोरी पनि छन् । छोरा उपचाररत् छन् । आफ्नो आर्थिक अवस्था नाजुक भएकाले नाबालक छोराको जीवनरक्षाको लागि सबैस“ग सहयोगको याचना गरेका छन् स्याङ्तान दम्पतीले । आर्थिक सहयोगका लागि विजयको मोबाइल नम्बर ९७०१४१३१९१ मा सम्पर्क गर्न सकिनेछ । र, क्युआर कोडमार्फत् पनि सहयोग गर्न सकिने जनाइएको छ ।









