हेटौंडा/मकवानपुरको बागमती गाउपालिका–७ मा १० वर्षीया बालिका बाबुबाट बलात्कारको शिकार भएकी छन् । मंगलबार दिउ“सो विद्यालयबाट फर्केर खाजा खा“दै गर्दा ४२ वर्षीय बाबुले छोरीमाथि जबर्जस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पीडित बालिकाकी दिदीले बुधबार प्रहरीमा जाहेरी दिएपछि आरोपी बाबु तत्काल पक्राउ परेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको जनाएको छ । बालिकालाई हाल बालसंरक्षण गृहमा राखेर संरक्षण गरिएको छ । पीडितकी आमा वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकी छन् ।
परिवारमा चार छोरी र एक छोरा रहेकामध्ये पीडित बालिका सबभन्दा कान्छी रहेको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनअनुसार कडाभन्दा कडा सजाय दिलाइने जनाएको छ ।









