मनिता राना
हेटौंडा/हेटौंडाकी चेली २०१८ की मिस नेपाल शृंखला खतिवडाले आफ्नो विरुद्धमा सामाजिकसञ्जाल भरिएपछि र पछिल्लो समय इन्स्टाग्राममा अनफलो अभियान खेप्दै गएपछि आफूमाथि लागेका आरोपहरुको प्रतिवादसहित खण्डन गरेकी छन् । उनले दुई भिडिओ बनाउ“दै यतिञ्जेल आफू नबोल्नुका खास कारण रहेको र अब आफूले मौनता तोडेको बताएकी हुन् ।
उनको सहयोगमा चेपाङ समुदायको बाहुल्य बसोबास रहेको मकवानपुरको दुर्गम गाउ“पालिका कैलाश र राक्सिराङको मध्यभागमा ङिको स्वास्थ्य चौकीबाट वार्षिक हजारौंको संख्यामा त्यहा“का विपन्न दीनदुःखीहरुले स्वास्थ्य सेवा लिइरहेका छन् । त्यहा“का आममानिसहरु हालसम्म पनि शृंखलालाई सम्झिरहन्छ ।
ॅउनले दुःख, असमानता, विभेदविरुद्ध निकै वौद्धिकढंगले आफ्ना तर्कहरु राखेको भेटेको छु । म आफैंलाई पनि शृंखला वौद्धिक, तार्किक लाग्छिन् । कसैले पठाएको पिठो, सिस्नु, गुन्द्रुक घरमा पुग्दा पनि विभोर मुद्रामा देखेको छु । मैले चिनेको शृंखला खतिवडास“ग नेपोबेबिजवाला एटिच्युड कहिल्यै भेटिन“,’ राक्सिराङ गाउ“पालिकाका एक जनप्रतिनिधि भन्छन् । शृंखलाको प्रयासमा मकवानपुरको कैलाश–७ स्थित तामलाङमा स्वास्थ्यचौकी निर्माण भएको छ । आर्किटेक्ट अध्ययन गरेकी इञ्जिनियर शृृंखलाकै डिजाइनमा तामलाङमा स्वास्थ्यचौकी भवन निर्माण भएको हो । करिब ५५ लाख लगानीमा निर्मित स्वास्थ्यचौकी भवनका लागि पूर्वमिस नेपाल खतिवडाले आर्थिक सहयोग जुटाएकी थिइन् । वान होम फाउन्डेसनको समन्वयमा भवन निर्माण भएको हो ।
स्वास्थ्यचौकीको प्रदेशका तत्कालीन उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । उद्घाटित स्वास्थ्यचौकीको भवनको सा“चो पूर्वमिस नेपाल खतिवडाले गाउ“पालिका अध्यक्ष टंकबहादुर मुक्तानलाई हस्तान्तरण गरेकी थिइन् । भवन हस्तान्तरणमा शृंखलाका बुबा तत्कालीन प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभाकी तत्कालीन सदस्य आमा मुनु सिग्देल र ओमबहादुर ग्लानलगायत सांसद् तथा जनप्रतिनिधि सहभागी थिए । स्वास्थ्यचौकीमा आकस्मिक कक्ष, फार्मेसी, प्रशासनिक कक्षलगायत छन् । स्वास्थ्यचौकी निर्माणपछि स्वास्थ्य सेवा अभावमा चेपाङ बस्तीका मानिसहरु धामीझा“क्री तथा पास्टरहरुको भरमा उपचार गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको पालिका अध्यक्ष मुक्तानले बताए । चेपाङ बाहुल्यता रहेकाले स्वास्थ्यचौकीको नाम चेपाङ भाषामा ॅङिको स्वास्थ्यचौकी’ राखिएको छ । ॅङि’ भन्नाले चेपाङ भाषामा ॅहाम्रो’ भन्ने बुझिन्छ ।
खतिवडाले भनेकी छन्–मेरो जीवन त खुला किताबजस्तै छ । मिस नेपाल हुनुअघि मेरो जीवनमा कुनै विलासिता थिएन, साधारण जीवन बिताइरहेकी केटी थिए“ । उनले आफूले पढेका स्कुल, लगाएका लुगा, जीवनशैली सबै हाल पनि इन्स्टाग्राममा खुला रहेको बताएकी छन् । ॅकुनै विशेष सुबिधा या प्रिभिलेज्ड हुर्काइ भएको मलाई लाग्दैन ।
आफू र दाइलाई आमाबुबाले पुर्ख्यौली सम्पत्ति बेचेर पढाएको बताउ“दै उनले भिडिओमा भनेकी छन्–बाबाआमाले पुर्ख्यौली सम्पत्ति बेचेर भए पनि मलाई र दाजुलाई राम्रो शिक्षा दिनुभयो । त्यसैले दुःख महसुस भएन । त्यस हिसाबले म वास्तवमै प्रिभिलेज्ड हु“ । तर, भिडिओहरुमा देखाएझैं मेरो सफलता वा जीवनशैली करदाताको पैसाले चलाएको भन्ने कुरा भने पूर्णरुपमा गलत थियो ।
उनले भनेकी छन्–आन्दोलन क्रममा नेताकी छोरी भनेर सबैले चिनेको पात्र म भए“ । मेरो तस्बिर राख्दा भिडिओहरुले अझ बढी मोमेन्टम पायो, अझ धेरै लाइक र कमेन्ट पायो, आन्दोलन अझै फैलियो । त्यसैले, यदि यस आन्दोलनलाई शक्तिशाली बनाउन मेरो तस्बिर प्रयोग हुनु नै थियो भने र म कोल्याटरल ड्यामेज बन्नुपर्यो भने होस् । देश नया“ दिशातर्फ अघि बढेको र नया“ सरकार बनेको पनि उनले उल्लेख गरेकी छन् । उनले थपेकी छन्–अब जनताको आवाज चुनावमार्फत् सदनमा पुगोस्, तपाईंहरुले मन पराएका नेताहरु विजयी होऊन्, देश अघि बढोस् । यही मेरो सबभन्दा ठूलो इच्छा हो । व्यक्तिगत् जीवन वा सामाजिक चरित्रभन्दा पनि देशको प्रगति धेरै ठूलो कुरा हो । उनले आफूले हार्वर्ड पनि आफ्नै कमाइमा पढेको बताएकी छन् ।
्
ॅमैले बारम्बार भनेकी छु म सेल्फमेड पर्सन हु“ । हार्वर्डको पढाइ पनि मैले आफ्नै कमाइबाट गरेकी हु“,’ उनी भन्छिन्–मिस नेपाल भएपछि विभिन्न ब्रान्ड एम्बासडर, विज्ञापन, इभेन्ट ओपनिङ र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर कटाएरै ३ करोड १२ लाख कमाएको प्रमाण छ । मैले ती सबै सम्झौताहरु स्क्यानसहित सार्वजनिक गरेकी छु । त्यसकै आधारमा मैले डेढ करोडभन्दा कम खर्च लाग्ने हार्वर्ड अध्ययन आफ्नै खर्च गरेर पढेकी हु“ । ॅम हार्वर्ड प्रवेश गर्दा मेरा बुबा मन्त्री नै हुनुहुन्न थियो । बुबा मन्त्री हुनुभएको म हार्वर्ड पुगिसकेपछिमात्र हो । त्यसैले मन्त्री बुबा, भ्रष्टाचार वा चन्दाकै भरमा पढ्न गइन् भन्ने हल्ला आधारहीन हो,’ शृंखलाले भनेकी छन् । ॅयी सबै कुरा मैले राखें । मेरा सन्ततिले भोलि तिम्री आमा भ्रष्टाचारी थिइन् भन्ने सुन्न नपरोस् । किनकि, एकचोटि झुटो कुरा चिरेन भने त्यो पुस्तौंसम्म सत्यजस्तै फैलि“दो रहेछ,’ उनले भनेकी छन् ।
पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी उनी नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् । २५ जना सहभागीमध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको ॅसमृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दि“दै उनी मिस नेपाल बनेकी हुन् । खतिवडाले एसएलसी हेटौंडा एकेडेमीबाट पूरा गरेकी हुन् । हाइस्कुल गोल्डेनगेट अन्तर्राष्ट्रिय कलेज र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकी हुन् ।
इन्डोनेसियाबाट सुरु भएको भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्ध नेपोबेबिज अभियानजस्तै यस अभियान विशेषगरि राजनीतिक, संवैधानिक र कार्यकारी पदमा रहेका व्यक्तिहरुले आफ्ना परिवारका सदस्य वा नातेदारलाई अनुचित लाभ पुर्याएर उनीहरुको जीवनमा अवसर प्रदान गर्ने प्रवृत्तिलाई लक्षित गरेको छ । युवाहरुले सामाजिकसञ्जालमा राजनीतिज्ञहरुका छोराछोरी र उनीहरुको विलासी जीवनशैलीदेखि रहनसहनसम्मका तस्वीरहरु साझा गर्दै आक्रोश पोखेका थिए









