11.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकांग्रेस प्रदेश बैठक शान्ति र सदभाव कायम गर्न आह्‌वान
spot_img

कांग्रेस प्रदेश बैठक शान्ति र सदभाव कायम गर्न आह्‌वान

spot_img
हेटौंडा/कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थिति अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न सबैलाई आह्‌वान गरेको छ । सुशासनको मागसहित जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दे घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
बैठकले आन्दोलनका क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यापारिक केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीप्रति कडा आपत्ति जनाएको छ । प्रदेश सभापति एवम् प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“को अध्यक्षतामा बसेको बैठकले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवाराणामाथि भएको भौतिक आक्रमणको भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक मूल्य र लोकतान्त्रिक परिपाटीअनुसार देखाएको दृढता र मुलुकलाई निकास दिएको भूमिकाप्रति उच्च सम्मान व्यक्त गरेको छ ।
असोज ३ गते संविधान दिवसलाई संयमित, शान्त र संविधानको महत्व दर्शाउने गरी मनाउन सरकारलाई सुझाव दिइएको छ । प्रदेशसभामा शान्ति, सुरक्षा र सदभाव कायम राख्न सांसद्हरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने र सामाजिक अभियन्तास“ग सहकार्य गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । संसद् सञ्चालनका क्रममा अन्य दलस“ग संवाद र सहकार्य गर्दै आवश्यक निर्णयहरु गर्ने तथा संसदीय समितिलाई अझ सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि