हेटौंडा/भाटभटेनी सुपरमार्केटले आफ्नो पसलमा पुगेको क्षतिपछि भावनात्मक सन्देश सार्वजनिक गरेको छ । सामाजिकसञ्जाल फेसबुकमार्फत् सुपरमार्केटले दुःखद् क्षणमा गुज्रिए पनि भविष्यप्रति आशा नहराएको भन्दै ग्राहक र आमनेपालीप्रति आभार व्यक्त गरेको हो ।
ॅहाम्रो पसल ध्वस्त भए पनि तपाईंहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौं सहयोगी हातहरुले सफा गर्न मद्धत गरिरहेका छन् । आ“सु पुछिरहेका छन् । र, हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाटभटेनी फेरि उभिनेछ,’ भाटभटेनीले भनेको छ । सुपरमार्केटले आफ्ना ग्राहक र शुभेच्छुकलाई धैर्य र साथका लागि धन्यबाद दि“दै निकट भविष्यमा अझ सबलरुपमा सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
ॅसपना जलाउन सक्दैनन्’
चौधरी ग्रुप (सीजी) का प्रवन्ध निर्देशक निर्वाण चौधरीले हालै कम्पनीमाथि भएका आक्रमण, क्षति र संकटपछिको अवस्थाबारे सन्देश सार्वजनिक गरेका छन् । उनले केही दिनयता समूहले झेलेको पीडालाई कम्पनीको इतिहासकै सबभन्दा पीडादायी क्षण भन्दै वर्णन गरेका छन् । युवाद्वारा सुरु भएको उत्तरदायित्व र परिवर्तनको मागलाई असामाजिक तत्व र वाह्य शक्तिले अपहरण गरेर हिंसा, लुटपाट र विनाशमा परिणत गरेको उनले बताएका छन् ।
चौधरीले आफ्ना परिवारका घरमा आक्रमण भएको, कार्यालय, उद्योग र शोरुम जलाइएको र लुटिएको उल्लेख गर्दै दशौं वर्षको मेहनत, समर्पण र प्रतिबद्धतालाई केही घण्टामै खरानी बनाइयो भनेका छन् । तर, यस्तो अन्धकारमय क्षणमा पनि सीजी परिवारको वास्तविक आत्मा प्रकट भएको उनको भनाइ छ । उनले संकटबीच पनि आफ्नो काम छाडेर भाग्नुभन्दा सुरक्षाको जोखिम मोलेर सम्पत्ति जोगाउने, ग्राहकलाई निराश नबनाउने र समूहको जिम्मेवारी निभाउने कर्मचारी र नेतृत्वलाई धन्यबाद व्यक्त गरेका छन् ।
ॅहो, हामी घाइते छौं । हो, हामी हल्लिएका छौं । तर, हामी भा“चिएका छैनौं,’ चौधरीले भनेका छन्–दुष्मनहरुले भवन जलाउन सक्छन् । तर, हाम्रा सपना जलाउन सक्दैनन् । उनीहरुले शोरुम लुट्न सक्छन् । तर, हाम्रो मूल्य लुट्न सक्दैनन् । उनले चौधरी समूह नेपालकै सबभन्दा ठूलो करदाता, रोजगारी दिने संस्थामध्ये एक र राष्ट्रनिर्माणमा अग्रणी रहेको उल्लेख गर्दै भुकम्प, बाढी वा महामारी जस्ता हरेक संकटमा जनताको छेऊमा उभिएको कुरा स्मरण गराएका छन् । ॅहाम्रो दायित्व हल्लिएको छैन । हाम्रो उद्धेश्य हराएको छैन । हामी पुनर्निर्माण गर्नेछौं । पुनर्उत्थान गर्नेछौं र अझ बलियो भएर अघि बढ्नेछौं,’ चौधरीले सन्देशमा भनेका छन् ।









