11.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानगर प्रमुखद्वारा माफी, पिटिए उपप्रमुख
spot_img

नगर प्रमुखद्वारा माफी, पिटिए उपप्रमुख

spot_img
मनिता राना
हेटौंडा/जेनजी युवाको आन्दोलनको क्रममा विद्यार्थीस“ग विभेदपूर्ण अभिव्यक्ति दिएको आरोप खेपेकी हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले अन्ततः माफी मागेकी छन् । जेनजी आन्दोलनको क्रममा भदौ २३ गते दिउ“सो विद्यार्थीस“ग हेटौंडा उपमहानगरबासी नभएको भन्दै ॅनगरबासी विद्यार्थीस“गमात्र कुरा गर्छु’ भन्ने अभिव्यक्ति दिएकी नगर प्रमुख लामाले आफ्‌नो अभिव्यक्तिबाट विद्यार्थीहरुको चित्त दुख्न गएको भन्दै माफी मागेकी हुन् ।
्‌जेनजी आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विद्यार्थीमध्ये मधेशकी एक विद्यार्थीले कुरा राख्न खोज्दा नगर प्रमुख लामाले ती विद्यार्थीलाई देखाउ“दै ॅतिमी हेटौंडाकी होइनौ, म हेटौंडाका जनतास“गमात्र कुरा गर्छु । तिमी आफ्‌नो ठाउ“मा गएर कुरा गर । हेटौंडाका विद्यार्थीप्रति मात्र मेरो जिम्मेवारी हो,’ नगर प्रमुख लामाले मधेशका विद्यार्थीलाई ॅतिमीले मलाई चिनेका छौ ?’ भन्दै प्रतिप्रश्न समेत गरेकी थिइन् ।
ॅआन्दोलनका क्रममा आफ्‌ना गुनासाहरु राख्न उपमहानगरपालिका परिसरमा आउनुभएका विद्यार्थी भाइबहिनीहरुस“ग नगर प्रमुखका हैसियतले म आफैं उहा“हरुका गुनासो एवम् मागहरु सुन्न पुगें । मुलुकभरका विद्यार्थी भाइबहिनीहरु आफ्‌नो उच्चशिक्षाका लागि चिन्तित हुनुपरेको अवस्थामा उहा“हरुले पनि हेटौंडामा अवस्थित क्याम्पसहरुमा छात्रवृत्तिको जायज माग राख्नु स्वभाविक हो,’ लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–उहा“हरुको माग उपमहानगरमाथिको विश्वास पनि हो । ठूलो समूहमा आउनुभएका विद्यार्थी भाइबहिनीहरुस“ग कुराकानी गर्ने सन्दर्भमा उहा“हरुको मन दुःखाएको आभाष भएछ । यसप्रति उहा“हरुस“ग म माफी माग्न चाहन्छु ।
ॅमैले हेटौंडा उपमहानगरपालिकाबाट नगरबाहिरका विद्यार्थीहरुलाई छात्रवृत्ति दिनु हु“दैन भन्न खोजेकै थिइन“ । यसअघि पनि नगरले हेटौंडामा आएर यहा“का विद्यालय एवम् क्याम्पसहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नियम/कानुनले दिन मिल्ने छात्रवृत्ति उपलब्ध गराउ“दै आएको पनि छ । मैले व्यक्तिगत्‌रुपमा पनि पढ्न चाहने हरेक तहका विद्यार्थीहरुलाई सहयोग गर्दै आएकी छु । पद एउटा संयोगमात्र हो,’ उनको विज्ञप्तिमा भनिएको छ–म यही हेटौंडाको माटोले जन्माएकी चेली हु“ ।
मैले हेटौंडाबासीलाई उच्च सन्तुष्टि दिन नसके पनि मन दुखाउने गरी काम गरेकी छैन । जोकोही मानिसलाई खुसी दिन र देख्न खोज्ने मैले उज्ज्वल भविष्यको कामना गर्दै अभिभावक सम्झिएर मस“ग गुनासो गर्न आउने विद्यार्थी भाइबहिनीहरुलाई मन दुःखाउने काम मबाट कहिल्यै हु“दैन । नियम/कानुनको प्रसंग आउ“दा मैले गरेका कुराहरुलाई मेरा छोराछोरीजस्ता भाइबहिनीले गलतढंगबाट नबुझिदिन विनम्र अनुरोध गर्दछु ।
मधेश प्रदेशबाट हेटौंडामा आएर अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरुलाई आफूले विभेद गर्ने भन्ने सवाल नै नहुने र यही विषयलाई लिएर राजनीतिक पूर्वाग्रह राख्दै अनावश्यक प्रचार गरी कलिला भाइबहिनीहरुस“ग आफ्‌नो दुरी बढाएर बदनाम गर्ने प्रयास पनि भएको उनको तर्क छ । ॅयस घटनाबारे त्यसै दिन भदौ २३ गते सा“झ नै विद्यार्थीहरुका प्रतिनिधिस“गको छलफलपछि मैले क्षमा माग्दै भिडियो सन्देशसमेत सार्वजनिक गरेकी थिए“ । त्यस दिनका मेरा कुराबाट विद्यार्थी भाइबहिनीहरुको चित्त दुख्न गएकोमा म पुनः माफी माग्दछु,’ उनले भनेकी छन् ।
नगर प्रमुख लामाको अभिव्यक्तिलगत्तै तीव्ररुपमा हेटौंडामा आलोचना भएको थियो । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते हेटौंडा उपमहानगरपालिकामा तोडफोड गरिएको थियो । नेपालमा जेनजी आन्दोलन नेपालमा सामाजिकसञ्जाल प्रतिबन्धको विरोधको पृष्ठभूमिमा भदौ २३ का दिनबाट देशव्यापीरुपमा सुरु भएको नेपाल सरकारविरुद्ध प्रदर्शनी र झडपहरुका शृंखलाबद्ध घटना हुन्, जसमा जेनजी पुस्ताका नेपालीको प्रमुख भूमिका थियो ।
आइतबार विहान हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानिया“माथि आक्रमण भएको छ । विहान करिब १० बजे हेटौंडा–२, बुद्धचोकमा साथीभाइस“ग चिया पिउने क्रममा एक्कासी पछाडिबाट आक्रमण भएको मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए । ॅआइतबार विहान १० बजे चिया पिउने क्रममा एक्कासी पछाडिबाट आक्रमण भएको हो,’ प्रहरी प्रमुख खड्काले भने । उपप्रमुख बानिया“लाई सामान्य चोट लागेको उनले बताए ।
आक्रमण गर्ने हेटौंडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्का भएको र उनलाई नियन्त्रणमा लिइसकिएको खड्काले जानकारी दिए । उपमेयर बानिया“माथि खड्काले किन कुटपिट गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरुषोत्तमले यसअघि २०७९ को निर्वाचनमा हा“डीखोलामा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेद्वार पूर्वमन्त्री विरोध खतिवडालाई पनि हातपात गरेका थिए ।
सत्तापक्ष तथा सत्तामा रह“दा सरकारका प्रतिनिधिहरुद्वारा गरिएका शृंखलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नया“ नियमअन्तर्गत् दर्ता हुन नआएका फेसबुक, इन्स्टाग्राम, ह्‌वाट्सएप, एक्स (ट्वीटर), युट्युबसहित २६ प्रमुख सामाजिकसञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएपछि  आन्दोलन देशव्यापीरुपमा सुरु भएको थियो । आन्दोलनले बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विभिन्न संरचना र व्यक्तिगत् सम्पत्ति जले ।
आन्दोलनको क्रममा उथलपुथल भएको हेटौंडामा नया“ सरकार गठनस“गै नागरिकको जनजीवन पनि सामान्य बनेको छ । शनिबारदेखि सामान्यरुपमा सवारीसाधन चल्न थालेका छन् भने  व्यवसायी पनि आफ्‌नो काममा व्यस्त छन् । सरकारी स्कुल र बोर्डिङ पनि सञ्चालनमा आएको छ भने नागरिकहरु आआफ्‌नो पेशामा व्यस्त भएका छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि