17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडाको डीआरमा डाटाको ब्याकअप सुरक्षित
spot_img

हेटौंडाको डीआरमा डाटाको ब्याकअप सुरक्षित

spot_img
हेटौंडा/सिंहदरबारभित्र रहेका विभिन्न सरकारी निकायका डिजिटल तथ्यांक (डाटा) सुरक्षित रहेको पाइएको छ । केही निकायले आफ्‌नै डाटा सेन्टर सञ्चालन गरे पनि एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) अन्तर्गत् हेटौंडामा रहेको डिजास्टर रिकभरी (डीआर) कार्यालयमार्फत् प्रायः सबै सरकारी डाटाको ब्याकअप सुरक्षित भएको छ ।
आईडीएमसीका कार्यालय प्रमुख मनिष भट्टराईका अनुसार हेटौंडास्थित डीआर कार्यालय पूर्ण सुरक्षित छ र यहा“का डाटामा कुनै असर परेको छैन । उनले हाल बजारमा फैलिएका हेटौंडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा नष्ट भएको हल्ला पूर्णतः असत्य भएको स्पष्ट पारे । ॅअन्य डाटा सेन्टरमा क्षति पुगेको भए पनि हामीस“ग प्रायःको ब्याकअप हुन्छ,’ भट्टराईले भने । उनका अनुसार सर्वोच्च अदालतसहितका महत्वपूर्ण निकायका डाटाको ब्याकअप हेटौंडास्थित डीआरमा सुरक्षित छ ।
आन्तरिक राजस्व विभाग (आईआरडी), राहदानी विभाग र अध्यागमन विभागले आफ्‌नै डाटा सेन्टर सञ्चालन गरे पनि आईडीएमसीअन्तर्गत् ब्याकअप राखिएकाले ठूलो क्षति भए पनि रिकभरी गर्न सकिने अवस्था छ । यद्यपि, हालैको आगजनीका कारण सर्वोच्च अदालतका केही डाटा प्रभावित भएको र त्यसको रिकभरीका लागि आईडीएमसीस“ग औपचारिक ताकेता गरिएको भट्टराईले जानकारी दिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि