9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासरकारी सेवा र विद्यालय आजबाट
spot_img

सरकारी सेवा र विद्यालय आजबाट

spot_img
हेटौंडा/आन्दोलनपछि कफ्र्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा आइतबारबाट सुचारु गरिने भएको छ । हेटौंडाका विद्यालय पनि खोल्ने तयारी छ । शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबार अब सेवा अघि बढाउनेबारे ७ सय ५३ वटै पालिकालाई सर्कुलर जारी गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ । ॅक्षति भएका कार्यालयहरुलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ,’ प्रवक्ता पराजुलीले भने–क्षति नभएका कार्यालयहरु त सहजरुपमा सञ्चालन गर्न सकिने अवस्था छ ।
उनका अनुसार सिंहदरबारभित्रका कार्यालयहरु पनि वैकल्पिक व्यवस्थापन गरेर काम गरिने छ । स्थानीय तह र जिल्ला प्रशासनबाट सबभन्दा धेरै स्थानीयका सेवाहरु सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरु रोकिएका थिए । प्रवक्ता पराजुलीका अनुसार क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनिएको छ । आन्दोलनका कारण केही दिन रोकिएका विद्यालय पनि अब खोल्न तयारी छ । शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव मधुप्रसाद घिमिरेका अनुसार स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरु खोल्ने तयारी छ । विद्यालय स्थानीय तहअन्तर्गत् पर्ने भएकाले सम्बन्धित पालिकाले स्थितिअनुसार विद्यालयलाई जानकारी गराउने छन् । उनी भन्छन्‌–सम्बन्धित स्थानीय तहले अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने कुरा छ । धेरैजसो ठाँउमा आइतबारदेखि स्कूल खुल्ने तयारी भएको सूचना पाएका छौं ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि