12.5 C
Makwānpur
Homeमुख्य समाचारतंग्रिँदैछ दन्किएको राजधानी
spot_img

तंग्रिँदैछ दन्किएको राजधानी

spot_img
मनिता राना
हेटौंडा/जेनजीको विध्वंसात्मक आन्दोलनका क्रममा ठूलो मात्रामा सरकारी संरचनाहरु ध्वस्त भएको बागमती प्रदेशमा आर्थिक क्षतिको लेखाजोखा असीमित छन् । नजिकै सेना, सशस्त्र प्रहरी र जनपदका विभिन्न संरचना रहेर पनि दनदनी बलेको बागमती प्रदेशको राजधानी हेटौंडा बिस्तारै लयमा आउने प्रयासमा छ । यहा“का सरकारी कार्यालयहरुमा सरसफाइ सुरु भएको छ । एक दर्जन बढी सरकारी संरचना भदौ २३ र २४ मा जेनजी पुस्ताले गरेको आन्दोलनले ध्वस्त बनेका थिए ।
आन्दोलनबाट प्रभावित देशको स्थिति सामान्य बन्दै भएपछि प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सरकारी कार्यालय सञ्चालनका लागि शुक्रबारदेखि सरसफाइ जारी छ । हेटौंडा–११, थानाभर्‍याङमा रहेको सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र प्रदेशका मन्त्रालयमा कार्य सुचारुका लागि जनस्तरको सहयोगमा सरसफाइ सुरु भएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयका कर्मचारी पनि सरसफाइमा जुटेका छन् ।
हेटौंडा उपमहानगर कार्यालय, केही दिनअघिमात्र १२ करोड लागतमा निर्माण सम्पन्न भएको बागमती प्रदेशसभा भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, यातायात सेवा कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, मकवानपुर जिल्ला अदालत र प्रदेश आपत्‌कालिन आपूर्ति केन्द्र आन्दोलनमा गरिएको आगजनीले पूर्णरुपमा ध्वस्त भएका थिए । प्रदेश प्रमुख सचिवको निजी निवास, लोकसेवा आयोग बागमती प्रदेश भवन र उपमहानगरको प्रायः वडा कार्यालयहरुमा समेत आगजनी गरिए । बागमती प्रदेशसभाको जलिसकेका दुई भवन क्षतिग्रस्त अवस्थामा छ । प्रदेशसभाका कर्मचारी हरेक दिन भवनको भग्नावशेष हेरेर मलिन अनुहार लिएर घर फर्कन बाध्य छन् । करोडांैको सम्पति जेलेकोमात्र होइन । चोरिएको अनि लुटिएको पनि छ ।
नेकपा एमाले मकवानपुर कार्यालयको तीनतले भवनका भुइ“तलाको सभाहल प्रयोगमा ल्याउनै नमिल्ने गरी ध्वस्त भएको छ । कुनै पनि कोठाहरु बस्नयोग्य देखिएका छैनन् भने कार्यालयमा लगाइएको आगोले सबैतिर क्षति भएको छ । एमाले जनसंगठन प्रमुख सन्तोष पौडेलले आगजनी भएका सामान व्यवस्थापन गरी कार्यालय सरसफाइ गर्न सीतादेवी टे्रडर्सलाई काम दिइएको बताए ।
३,२०० सहकारीका कागजात खरानी
सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका ६० हजारबढी फाइल जलेर नष्ट भएको जानकारी दिएको छ । आन्दोलनका क्रममा भएको आगजनीबाट मन्त्रालयले स्टोरमा सुरक्षित राखेका फाइलहरु जलेर नष्ट भएका हुन् । प्रदर्शनमा जलेका ११ मन्त्रालयमध्ये सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आगजनी हु“दा प्रदेशका १३ जिल्लामा रहेका ३ हजार २ सय सहकारीका कागजात जलेर खरानी बने । पछिल्लो समय सहकारीपीडितका उजुरी र समस्या समाधान गर्ने केन्द्र बनेको मन्त्रालयलाई आक्रोशित प्रदर्शनकारीले आगो लगाउ“दा ठूलो क्षति हुन पुग्यो । आगजनीमात्र नभएर मन्त्रालयबाट मोबाइल, ल्यापटप जस्ता सामग्रीहरुको चोरिएको मन्त्रालयले बताएको छ ।
प्रदेश सरकारले ७५ वटा सहकारीलाई प्रहरीमार्फत् अनुसन्धान गरिरहेको छ । सहकारी महाशाखा र मन्त्रालयले बढी जोखिममा रहेका १५ सहकारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाइएको छ भने ६० सहकारीलाई विभिन्न प्रहरी एकाईंमार्फत् अनुसन्धान गरिरहेको छ । सहकारी महाशाखामा ७५ वटा सहकारीविरुद्ध आर्थिक अपचलनको उजुरी दर्ता भएअनुसार प्रहरीमा अनुसन्धानका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।
ठगी आरोपमा १५ वटा सहकारीविरुद्ध सीआईबी र ६० सहकारीविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । प्रहरी कार्यालयमा पठाइएको सहकारीमा जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा आठ वटा छन् भने जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा २४, जिल्ला प्रहरी परिसर ललितपुरमा १२, जिल्ला प्रहरी परिसर भक्तपुरमा ८, जिल्ला प्रहरी कार्यालय काभ्रेमा ५ र जिल्ला प्रहरी कार्यालय चितवनमा ३ वटा छन् ।
आन्दोलनका क्रममा मकवानपुरमा रहेका प्रदेश र जिल्लाका विभिन्न सरकारी, सार्वजनिक तथा निजी संरचना खण्डहर बनेका छन् । आन्दोलनका क्रममा आन्तरिक राजस्व कार्यालय मकवानपुर, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, हेटौंडा उपमहानगपालिका १० नम्बर वडा कार्यालय पनि जलेका छन् । हेटौंडा–१ स्थित ४ वटा मन्त्रालय रहेको भवन ध्वस्त भएको छ, जसमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय छन् ।
हेटौंडा–२ मा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, उच्च अदालत पाटनको हेटौंडा इजलास, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, कर्मचारी सञ्चय कोष र सरकारी वकिल कार्यालय जलेका छन् ।
व्यक्तिगत् सम्पत्तिमा क्षति
भाटभटेनी सुपरमार्केटसमेत आन्दोलनको क्रममा जलाइएको छ । दलका कार्यालय तथा व्यक्तिगत् सम्पत्तिमा पनि आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीले कांग्रेस जिल्ला पार्टी कार्यालय, एमालेको जिल्ला पार्टी कार्यालय, पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको घर, मुख्यमन्त्री इन्द्रबहादुर बानिया“को निजी २ वटा घर, भीमफेदी गाउ“पालिका अध्यक्ष हिदम लामाको घर, संघीय सांसद् महेशकुमार बर्तौलाको घर, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको घर, संविधानसभा सदस्य अनन्त पौडेलको घर र व्यवसायी अरुणराज सुमार्गीको घर र गाडीमा समेत तोडफोड र आगजनी गरिएका थिए ।
हट्यो कफ्र्यु र निषेधाज्ञा
हेटौंडा र आसपासका मकवानपुरका स्थानीय तहहरुमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । मंगलबारदेखि ठप्प रहेका सार्वजनिक सवारीसाधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारीसाधन शनिबार विहानदेखि बाक्लो संख्यामा चलेका छन् ।
हेटौंडामा जिल्ला प्रशासन कार्यालय मकवानपुरले लगाउ“दै आएको कफ्र्यु र निषेधाज्ञा हटेस“गै जनजीवन सामान्य बन्दै गएको छ । पसल खुल्न थालेका छन् । राजमार्गमा पनि गाडी चल्न थालेका छन् । सार्वजनिक बस, अटो, मयुरीलगायत सवारीसाधन चलिरहेका छन् । सुरक्षाको व्यवस्था बनाउन मंगलबार रातिदेखि सडकमा उत्रिएको सेना ब्यारेकमा फिर्ता भएको छ ।
फोटो/भिडियो पठाउन अनुरोध
प्रहरीद्वारा आन्दोलनको समयमा चोरी र लुटपाट गर्नेहरुको फोटो र भिडियो पठाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राष्ट्रव्यापी आन्दोलनका क्रममा हेटौंडा र जिल्लाका अन्य स्थानमा भएका चोरी, लुटपाट तथा ड“कैतीसम्बन्धि सामान फिर्ता गराउन र घटनामा संलग्न व्यक्तिहरुको पहिचानका लागि सर्वसाधारणस“ग सहयोग माग गरेको छ । सोहीअन्तर्गत् जिल्ला प्रहरी कार्यालयले मकवानपुर, मातहतका कार्यालय वा सम्बन्धित कार्यालय वा निजी क्षेत्रलाई तुरुन्त फिर्ता गर्न आग्रह गरिएको हो ।
२ ट्रक सामान बरामद
लुटपाट भएका सामान र संलग्नलाई मकवानपुर प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ । शनिबार विहान हेटौंडा–४, कर्राबाट ठूलो संख्यामा हेटौंडाको विभिन्न स्थानबाट लुटपाट गरिएको सामग्रीसहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय हेटौंडा, सानोपोखराले कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट लुटपाट गरिएको दराज, टेबल, कुर्सी र कम्प्युटरसहित २ ट्रक सामान बरामद गरेको हो । प्रहरीले बरामद सामानसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । स्थानीयका अनुसार घटना भएको दिन २४ गते राति ट्रकमा लोड गरेर उक्त स्थानमा सामान लुकाइएको थियो ।
सेवासुबिधा पुनर्निमाणमा
रत्ननगर नगरपालिका मेयर प्रह्‌लाद सापकोटाले बा“की कार्यकालको मासिक सेवासुबिधाबापत् रकम पुनर्निमाणमा लगानी गर्ने घोषणा गरेका छन् । उनले मेयरको हैसियतमा आफूले पाउने तलब र भत्ताबापत् रकम नगरपालिका र वडा कार्यालयको पुनर्निमाणमा लगाउने घोषणा गरेका हुन् । नगरपालिका पूर्णरुपमा ध्वस्त रहेको बेला तत्काल कार्यालय सञ्चालन गर्नसक्ने अबस्था नरहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीमा जुट्ने निर्णय गरेको छ । आन्दोलनका कारण रत्ननगर नगरपालिकाका दुई वटै प्रशासनिक भवन तथा १६ वडा कार्यालय तोडफोड र आगजनी गरिएको थियो ।
फर्किन थाले कैदीबन्दी
भीमफेदी कारागारबाट भागेका ४ सय ४० कैदीबन्दीेमध्ये १ सय २३ जनालाई नियन्त्रणमा लिएर फर्काइएको छ । सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएको कारागारले जानकारी दिएको छ । चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार विहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैं फर्किएका हुन् । भरतपुर कारागारबाट ७ सय ४० कैदीबन्दी भागेका थिए । क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवन प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिए । बुधबार विहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि