हेटौंडा/मकवानपुरको मनहरी गाउ“पालिका–१ मा भइरहेको बाटो नक्सांकन कार्यप्रति स्थानीय असन्तुष्ट बनेका छन् । सोही सन्दर्भमा मनहरी गाउ“पालिका–१ प्रमुख र सम्पूर्ण टोलविकास समितिका प्रतिनिधिहरुलाई वडाका नागरिकहरुले ध्यानाकर्षणपत्र बुझाएका छन् ।
प्रभावित नागरिकले मनपरि र अदुरदर्शीढंगले काम भइरहेको भन्दै ध्यानाकर्षणपत्रमार्फत् तत्काल सुधारको माग गरेका छन् । ध्यानाकर्षणपत्रमा उल्लेख भएअनुसार नक्सांकनका कारण धेरै घरपरिवारको जमिन काटिएको छ भने कतिपय स्थानीयलाई घर भत्काउनुपर्ने समस्या आइपरेको छ । जसले जनजीवन अस्तव्यस्त बनाएको स्थानीयको गुनासो छ ।
ध्यानाकर्षणपत्रमा प्रश्न गरिएको छ–जसको जमिन बाटोमा परेको छ, तिनको सहमति किन लिइएन ? विवाद हु“दासमेत टोलविकास समिति र जनप्रतिनिधिको सल्लाहबिना बाटो प्रयोग गर्ने अधिकार कसरी दिइयो ? फिल्डमा काम गर्दा जनतालाई जानकारी किन दिइएन ? प्रभावित जनतालाई अन्धकारमा राखेर नक्सांकन किन अघि बढाइयो ? स्थानीयले तत्काल नक्सांकन प्रक्रिया पुनर्मूल्यांकन गर्न, प्रभावित जनताको सहमति लिएरमात्र कार्य अघि बढाउन, मनपरि र अदुरदर्शी योजना तत्काल सच्याउन र जनप्रतिनिधि तथा समितिका पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गर्न माग गरेका छन् ।
७ दिनभित्र माग सम्बोधन नभएमा वडाभरिका जनतालाई भेला बोलाइ सामूहिक आन्दोलनमा जाने चेतावनी स्थानीयले दिएका छन् । ॅहामीले बाटो नदिने भनेका होइनौं, दीगो विकास चाहेका हौं । जबर्जस्ती गर्ने हो भने जनताको प्रश्नमात्र होइन, प्रतिरोधको चर्को स्वर पनि आउनेछ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।









