12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासडकमै उम्रियो पिपल
spot_img

सडकमै उम्रियो पिपल

spot_img

जी न्यौपाने
हेटौंडा/हेटौंडाको मुख्य पिच सडकहरु टालटुलमै सञ्चालन भइरहेका छन् । हेटौंडाको कान्तिराजपथमा दुई ठाउ“मा पिचरोडको खाल्डोमा सिमेन्टले प्लाष्टर गरिएको छ । त्यतिमात्र होइन, हेटौंडा–२ नम्बर वडास्थित संगम चोकदेखि कांग्रेसचोकसम्मको बाटोमा खाल्डाखुल्डी परेको छ, केही खाल्डाखुल्डी मसिनो ग्रेबलले पुरिएको देख्न सकिन्छ भने केही खाल्डाखुल्डी नै नपुरी छाडिएका छन् ।

कतै पिपलको बोट उम्रेको छ । तर, पनि त्यसको चासो कसैले लिएका छैनन् । मानसचोकको पिचसडकमा पनि ग्रेबल ओच्छ्याएर खाल्डो भरिएको देखिन्छ भने केही सडकको खाल्डो यसै छाडिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री निवास, आर्थिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलगायत उच्च अदालत पाटन, जिल्ला अदालत, उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, आयुर्वेद अस्पताल, नापी कार्यालय, मालपोत कार्यालय, डिभिजन वन कार्यालय, खानेपानी बोर्डलगायत थुप्रै ल फर्म, लेखापढी सदन छन् । २ नम्बर वडा कार्यालय पनि त्यसै ठाउ“मा छ । बाटोको कन्तबिजोक कसैको नजरमा पर्न सकेको छैन । ॅबाटोको बिजोग छ । कसैले देखे ग्रेबल हाल्यो । पिच गरिदिन केले रोक्यो ?,’ आममानिसको प्रश्न छ ।

- Advertisement - Ad Banner

बागमती प्रदेशको राजधानी, मुख्यमन्त्री, मन्त्रीलगायत भीआईपी हि“ड्ने बाटोको स्तरोन्नतिको कहिले हुन्छ, यो आममानिसको चासोको विषय हो । खाल्डाखुल्डी नपुर्दा वर्षाको पानीले सडकको खाल्डो भरिन्छ र पानीले गर्दा खाल्डो नदेखेर कयौं सडक दुर्घटना भएको छ । रातको समयमा पनि सवारीहरु दुर्घटना हुने गर्छन् । कारण, सडकको खाल्डो वर्षामा पानीले भरिएर नदेखिएकाले सवारीसाधन खाल्डोमा पर्न गएर र सवारी स्पिड हु“दा खाल्डाखुल्डी नदेखेर वा छलाउन नभ्याएर । दुर्घटनामा कति घाइते भएका छन् भने कतिको ज्यानसमेत जाने गरेको छ । बाटो विकासको मुख्य पूर्वाधार भएकाले बाटो निर्माण, स्तरोन्नति अतिआवश्यक हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि