हेटौंडा/बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मानव बेचबिखनरुपी व्यापारबाट विश्वव्यापीरुपमा वार्षिक करिब ३२ अर्ब अमेरिकी डलर अवैध आर्जन हुने गरेको छ । विश्वव्यापीरुपमा हुने मानव बेचबिखनमध्ये ७५–८० प्रतिशत् बेचबिखन यौनजन्य शोषणका लागि हुने गरेको छ । विश्वभरमा करिब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बालबालिकाहरु बेचबिखनबाट पीडित छन् ।
मानव बेचबिखनको फेरि“दो आयाम तथा रुपहरु शारीरिक अंगहरु (मृगौला, कलेजो, रगत) को तस्करी, करिब १७ प्रतिशत्लाई जबर्जस्ती मजदुरका रुपमा राखिने गरेकोमा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेका छन् । सर्कस, वेश्यावृत्ति, घरेलु कामदार, वैदेशिक रोजगार, यौन शोषणजस्ता परम्परागत् बेचबिखन हुने गरेकोमा हाल विवाह ब्युरो/अन्तर्देशीय विवाह, मानवअंग प्रत्यारोपण, शिक्षण परामर्श (शैक्षिक परामर्श), कलाकार, खेलाडीका रुपमा नया“ पद्धतिले बेचबिखन हु“दै आएको छ ।
गत वर्ष नेपालबाट बेचिएका एक हजार ८ सय ३४ जनाको उद्धार गरिएको थियो । पछिल्ला ६ वर्षमा बेचबिखनमा परेका एक हजार ८ सय ३४ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । नेपालबाट चीन, भारत, गल्फ मुलुक, युरोप र अमेरिकामा मानिस बेचिने प्रहरीको भनाइ छ । नेपालभित्र पनि आन्तरिक बेचबिखनका घटना भइरहेको प्रहरी बताउ“छ । भारत तथा मध्यपूर्वी एसियाका मुलुकहरुबाट पीडितलाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ ।
उसका अनुसार उद्धार गरिएकामध्ये महिला धेरै छन् । मानव बेचबिखनको अपराध प्रवृत्ति आन्तरिक र वाह्य दुई प्रकारका छन् । आन्तरिक प्रवृत्तिअन्तर्गत् मनोरञ्जन क्षेत्रमा नेपालभित्र महिला र बालिकालाई यौनधन्दामा लगाइन्छ । वाह्य प्रवृत्तिअन्तर्गत् चीन, गल्फ मुलुक, दक्षिण एसिया, युरोप र अमेरिकासम्म नेपालीहरु बेचिने गरेका छन् । नेपालबाट महिला र युवतीहरु सबभन्दा धेरै भारत र मध्यपूर्वी एसियामा पर्ने मुलुक दुबई, ओमान, कुवेत, इराक र सिरियामा बेचिन्छन् । होटल तथा कलकारखानामा काम पाउने आश बोकेर नेपालबाट महिला र युवतीहरु भारतका ठूला सहरमा पुग्छन् । तर, त्यहा“ लगेर विभिन्न समूहले वेश्यालयमा बेच्ने गरेको ब्युरोले बताएको छ ।
केही समयअघि राष्ट्रिय मनवअधिकार आयोगले नेपालमा करिब २५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको आयोगको भनाइ छ । ॅमानव बेचबिखन एक अपराधमात्र नभइ यो मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बा“च्न पाउने अधिकारको गम्भीर उलंघन हो । मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो । यसलाई निर्मूल पार्न सबैको प्रयास हुनुपर्छ,’ आयोगले भनेको छ ।
प्रतिवेदनअनुसार वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका र फेला नपरेका ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन् । जसमा महिला १५ हजार र ५ हजार बालबालिका छन् । नेपालमा १५ लाख व्यक्ति बेचबिखनको जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ ।









