12.1 C
Makwānpur
Homeमकवानपुर विशेषराप्रपाको मकवानपुर–१ क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको दाबी
spot_img

राप्रपाको मकवानपुर–१ क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको दाबी

spot_img

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विषय बनेको छ । अधिवेशनमा अध्यक्ष पदका लागि हेटौंडा–४ निवासी उमेश थापा दाबेदारका रूपमा अघि आएका छन् ।

विगत दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेशसभामुखको स्वकीय सचिवका रूपमा कार्यरत छन् । उनले सामाजिक क्षेत्रमा समेत गतिविधि गर्दै आएका छन् । खेलकुद प्रवर्द्धन, विपन्न समुदायलाई सहयोग र संघ–संस्थामा संलग्नता थापाको पृष्ठभूमिमा रहेको छ ।

- Advertisement - Ad Banner

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थापा परिचित राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले युवालाई संगठनमा समेटेर राप्रपालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ । अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ ।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपक बहादुर सिंह विजयी भएका थिए । आगामी २०८४ को निर्वाचनमा उमेदवार छनोट प्रक्रियामा समेत थापाको नाम चर्चामा आउन सक्ने अनुमान गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि