हेटौंडा/मकवानपुरमा हुने धेरै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । एक तथ्यांकअनुसार घरेलु हिंसामा मिलापत्र भएका हुन् । माइती नेपालमा परेका ५१ वटा उजुरीमध्ये १७ वटाको मिलापत्र र बा“कीलाई सम्बन्धित निकायमा सिफारिस गरिएका छन् ।
जबर्जस्ती करणी तथा यौन दुर्व्यवहारका ३२ मुद्धा प्रहरी कार्यालयको समन्वयमा दर्ता गरिएको छ । उजुरीमा खानलगाउन नदिएको, कुटपिट गरेको र गाली बेइज्जती गरेको परेका थिए । तथ्यांक हेर्दा कुटपिट गरेका उजुरी सबभन्दा धेरै पर्ने गरेका छन् । सामाजिक र पारिवारिकरुपमा अन्तर्विरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुङ्ग्याउने गरेको छ । घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ । एक महिनासम्म परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ । यदि एक महिनासम्ममा पनि मेलमिलाप नभए मुद्धालाई अदालतमा लगिन्छ । अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ । आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहने गरेका छन् ।
मानव बेचबिखन, जबर्जस्ती श्रम, यौनहिंसा र दुर्व्यवहारविरुद्ध लामो समयदेखि सक्रिय रह“दै आएको माइती नेपालले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका महत्वपूर्ण कार्यहरु सार्वजनिक गर्दै सामाजिक लेखापरीक्षण गरेको छ । हेटौंडा उपमहानगरपालिकामा सम्पन्न कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकायहरु, महिला तथा बाल अधिकारकर्मीहरुको उपस्थिति थियो ।
माइती नेपाल रोकथाम गृह हेटौंडा कार्यक्रम संयोजक माया तामाङले परियोजनाको उद्धेश्य स्पष्ट पार्दै भनिन्–विद्यालय तहमा सचेतना कार्यक्रममार्फत् बालमैत्री वातावरण सिर्जना गर्ने र जोखिममा रहेका किशोरी तथा महिलालाई उद्धार, सिपविकास र पुनर्एकीकरणमा जोड दिने हाम्रो मुख्य लक्ष्य हो । आव २०८१/०८२ को अवधिमा माइती नेपालले मकवानपुर जिल्लाका विद्यालयहरुमा मानव बेचबिखन, यौनहिंसा, जबर्जस्ती श्रम र दुर्व्यवहारविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो । यस क्रममा १९ हजार ५ सय ५१ विद्यार्थी र समुदायका सदस्य प्रत्यक्षरुपमा लाभान्वित भए ।
वर्षभरिमा उद्धार गरिएका ३३ महिला तथा किशोरीहरुलाई सुरक्षित आवासमा राखी पारिवारिक पुनर्मिलन गराइएको छ भने १ बालिका हाल पनि माइती नेपालकै संरक्षणमा छन् । वैदेशिक रोजगारीमा गएका बेला कुबेत र ओमानमा अलपत्र परेका २ महिलालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा–१३ की एक महिलालाई विवाहपछि भारत लगेर घरेलु हिंसामा पारिएको सूचना पाएपछि माइती नेपालले तत्काल उद्धार गरी संरक्षणमा लिएको थियो । यस्तो उदाहरणीय कार्यले माइती नेपालको संवेदनशीलता र तत्काल कदम चाल्ने क्षमतालाई देखाउ“छ । घरेलु तथा लैंगिक हिंसाको मुद्धामा माइती नेपालले सशक्तरुपमा भूमिका खेलेको छ । माइती नेपालले उद्धार गरेका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाइकटाइ, जीवनोपयोगी सिप र वित्तीय साक्षरतासम्बन्धि तालिमहरु प्रदान गरेको छ । बेसिक तालिमप्राप्त १० महिलाले आफैंले मेसिन खरिद गरी सिलाइ व्यवसाय सुरु गरेका छन् ।
एड्भान्स तालिम प्राप्त ३ जनालाई ७४ हजार बराबरका सामग्री प्रदान गरिएको छ । कार्यक्रमअन्तर्गत् सञ्चालित होटल तथा डान्सबार अनुगमन, होटल व्यवसायी र यातायातकर्मीहरुस“ग चेतनामूलक गोष्ठी, नगरस्तरीय परामर्श समिति बैठक, हस्ताक्षर अभियान र रेडियो जिङ्गलमार्फत् समाजमा बेचबिखनविरुद्ध सचेतना फैलाइएको छ ।
कार्यक्रममा सहभागी दातृ संस्थाले आगामी वर्षमा ७१ लाख ५९ हजार १ सय बराबर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त प्रतिबद्धताले कार्यक्रमलाई निरन्तरता र प्रभावकारिता दिने विश्वास लिइएको छ । कार्यक्रम संयोजक तामाङका अनुसार नेपाल–भारत खुला सिमानाका कारण निगरानी गर्न कठिन छ । ग्रामीण क्षेत्रमा अझै पनि मानव बेचबिखनका जोखिम उच्च छन् । त्यसमाथि कानुनी प्रावधानबारे जानकारीको कमी, वैदेशिक रोजगारीको नाममा हुने ठगी र पीडकको डरत्रासले गर्दा धेरै मुद्धा दर्ता हु“दैनन् । पीडितले मुद्धा दर्ता गर्न नचाहनु, पीडकको धम्की र राज्य संयन्त्रको प्रभावकारी कार्यान्वयन नहुनु माइती नेपालको प्रयासमा चुनौती बनेको छ । वर्षको कामकाजबाट माइती नेपालले केही महत्वपूर्ण शिक्षा प्राप्त गरेको छ । मानव बेचबिखनविरुद्ध कार्यक्रम समुदायस्तरमा व्यापकरुपमा लैजानु आवश्यक, उद्धारपछि पुनर्स्थापना र पुनर्एकीकरणमा विशेष ध्यान दिनुपर्ने, अभिभावकलाई सचेत गराउनु, स्थानीय सरकार, आमा समूह, विद्यालय र युवास“ग सहकार्य गर्दा कार्यक्रम प्रभावकारी हुने, सिपविकास र स्वरोजगारले महिलालाई आत्मनिर्भर बनाउने र उद्धार गरिएका महिलालाई मनोवैज्ञानिक र कानुनी सहयोग आवश्यक रहेको माइती नेपालको बुझाइ छ ।
हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले कार्यक्रम समापन गर्दै भनिन्–मानव बेचबिखनजस्तो जटिल सामाजिक अपराधस“ग लड्न सबै तहका निकाय, समुदाय र जनताको साझा प्रयास आवश्यक छ । ॅमाइती नेपालको प्रयास प्रेरणादायी छ । हामी स्थानीय तहबाट पूर्ण सहकार्य गर्ने प्रतिवद्धता जनाउ“छौं,’ उनले भनिन् । समाजका सबै तहमा जनचेतना, कानुनी सजगता, उद्धार र पुनर्स्थापनामा सशक्त काम गर्दै आएको माइती नेपालले आगामी वर्षमा बेचबिखनविरुद्ध अझ प्रभावकारीरुपमा लडाइ“ अघि बढाउने संकेत दिएको छ । कार्यक्रममा माइती नेपालले वर्षभरि सम्पादन गरेका कार्यक्रम, उपलब्धि, चुनौती र सिकाइहरु प्रस्तुत गरिएको थियो ।









