9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेश सांसद्हरुसमक्ष राखियो समस्याका चाङ
spot_img

प्रदेश सांसद्हरुसमक्ष राखियो समस्याका चाङ

spot_img

हेटौंडा/बागमती प्रदेशसभाका सांसद्हरुसमक्ष हेटौंडामा आयोजित कार्यक्रमका सहभागीहरुले समस्या नै समस्याका चाङ राखेका छन् । जनपत्र मिडिया प्रालि हेटौंडा–२ को आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा संसदीय निगरानीका लागि बागमती प्रदेशका विभिन्न सवालहरुको पहिचानसम्बन्धि कार्यशालामा नागरिकहरुले आफ्‌ना क्षेत्रका विविध समस्या राखेका हुन् ।

प्रदेशका सांसद्मार्फत् सरकारसमक्ष आफ्‌ना क्षेत्रका समस्याहरु राखुन् भन्ने उद्धेश्यले यहा“का अधिकारकर्मी, नागरिक समाज, गैरसरकारी संस्था, सामुदायिक वन, टोलविकास संस्था, सञ्चारकर्मीहरुले आफ्‌ना क्षेत्रका समस्याहरु सांसद्हरुसमक्ष राखेका छन् । कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशसभा उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नागरिकका पहु“चका आधारमा नभएर आवश्यकताका आधारमा सरकारले उनीहरुका निम्ति काम गर्नुपर्ने बताए ।

- Advertisement - Ad Banner

सदनमा रहुञ्जेलसम्म आफूहरुले जनताका विषयलाई उठान गर्ने गरेको बताउ“दै उनले भने–जनताबाट निर्वाचित भएर आएकाले उनीहरुकै लागि हामीले काम गर्ने हो । सरकारका प्रतिनिधिहरु समितिमा राखेरसमेत छलफल गर्ने निर्देशन दिने गरिएको तर, त्यसअनुसार काम हुन सकेको छैन ।

एचआईभी संक्रमित, प्रभावितहरुका धेरै खालका समस्याहरु छन् । उनीहरुका समस्याहरुलाई आफूहरुले न्यूनीकरण गर्न लागिपरेको बताएका उनले हालको अर्को समस्या भनेको कुकुरले टोक्दा लगाउने रेबिजको सुईसमेत सरकारी अस्पतालमा नपाउ“दा थप समस्या भएको बताइ । जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकार गर्दै उनले भने–जनताका यावत् समस्याहरु छन् । हामीले सदनमा उठाएका पनि छौं । तर, सरकारले कार्यान्यन गर्दैन । शून्य समय, विशेष समयमा बोल्ने क्रममा नागकरिकका समस्याहरु उठाउने गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य भारती पाठकले समग्रमा सबै क्षेत्रका मुद्धा र समस्याहरु वास्तविक धरातलमा केकस्ता छन् भन्ने सन्दर्भलाई प्रतिनिधिमूलकढंगबाट प्रस्तुत गरिएको बताइन् । ॅयहा“हरुले जुन विषय उठाउनुहुन्छ, त्यसले हामीलाई सदनमा कुरा राख्नका लागि ताजा र सान्दर्भिक मुद्धाहरु प्रदान गर्नेछ,’ उनले भनिन्‌–हामीले यसअघि पनि विपद् व्यवस्थापनसम्बन्धि मुद्धाहरुबारे स्थलगत्‌रुपमै छलफल चलाएका थियौं र ती विषयलाई सदनमा उठान पनि गरेका थियौं । कार्यक्रमबाट हामीले महत्वपूर्ण पृष्ठपोषण प्राप्त गरेका छौं । मलाई लाग्छ, प्रदेश सरकारले काम गर्दै जा“दा सबै कुरा पूर्ण भइसकेको छ भन्ने होइन । हामीले धेरै कुरा सुन्नुपर्ने, धेरै विषयमा आफैंले आयोजना गरेर अन्तत्र्रिmया गर्नुपर्ने र मुद्धाहरु उठाउनुपर्ने आवश्यकता छ ।

उनले भनिन्‌–जति गर्नुपर्ने हो, त्यति हुन सकेको छैन होला । तर, जनताका र जनसरोकारका विषयहरु उठाउने कुरामा हामीले कञ्जुस्याइ“ गर्नुभन्दा पनि अझै कस्ता विषयहरु उठाउन सकिन्छ भनेर जनतास“गै सोधेर अघि बढ्ने गरेका छौं । कतिपय जानकारी र मुद्धाहरु पत्रकार र सञ्चारमाध्यममा छिटो पुग्ने भएकाले हामी मिडियाकर्मी साथीहरुस“ग पनि छलफल गर्ने गरेका छौं । सबै ठाउ“मा पुग्न नसकिएका र मिडियामा आएर ठोक्किएका विषयहरुलाई सोधखोज गरेर सदनमा उठाउने गरेको सांसद् पाठकले बताइन् ।

उनले भनिन्‌–हाम्रो समिति अर्थात् उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा हामी छौं । यहा“ उठेका विषयहरु हामी सांसद्हरुका लागि साझा सरोकारका विषय हुन् । कुनै एउटा समिति छान्नुपर्ने भएकाले हामीले यो समिति छानेका हौं । तर, जनसरोकारका सबै मुद्धाहरु हामी सबैले उठाउनुपर्छ । सबै कानुन बन्ने प्रक्रियामा हामी ती विषयमा जानकार हुनुपर्छ भन्ने मलाई लाग्छ । यहीअनुरुप हामीले यी मुद्धा उठाइरहेका छौं ।

आमनागरिकलाई निराश नहुन आग्रह गर्न गर्दै सांसद् पाठकले भनिन्‌–हामी त्यही पृष्ठभूमिबाट आएकाले जनता, समुदाय, महिला, दलित, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिहरु सबैको अधिकार र कर्तव्यको विषयमा मुद्धा उठाउन पछि पर्दैनौं । हामीबाट त्यस्तो त्रुटि हुनेछैन भन्ने मलाई लाग्छ । यहा“ उठाइएका विषय हामी तीन जनालाई मात्र भनिएको होइन, बागमती प्रदेशसभाका १ सय १० सदस्यले उठाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने विषय हुन् ।

बागमती प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले भनिन्‌–प्रदेश स्थापना भएको लगभग आठ वर्ष हुन लाग्यो । तर, यहा“को अवस्था हेर्दा पार्टीभित्र गुटबन्दी, दलभित्र उपगुटबन्दी र एकले अर्काको खेदो खन्ने प्रवृत्तिले गर्दा नागरिकका विषयमा चासो कम गएको छ । हाल आमजनता निराशाको छायामा रहेको बताउ“दै उनले भनिन्‌–सरकार लामो समय नटिक्ने र एकपछि अर्को सरकार बनाउने खेलले जनतामा प्रदेश सरकारप्रतिको विश्वास मर्दै गएको छ । आफ्‌ना मान्छेलाई जागिर खुवाउने, नियुक्ति दिने र अनुदान बा“ड्ने प्रवृत्ति मौलाएको छ । यस्तो गलत प्रवृत्तिविरुद्ध मैले प्रदेशसभामै आवाज उठाएकी थिए“ । हजारौं नेपालीको बलिदानबाट आएको गणतन्त्रको जग हल्लिरहेको छ । हाम्रो गणतन्त्र यति कमजोर भयो भनेर सोच्दा पनि दुःख लाग्छ ।

जनतालाई कसरी सुसूचित गर्ने भन्ने विषयमा ध्यान पुग्न नसेको उनले बताइन् । उनले भनिन्‌–जबसम्म हामी यसरी लाग्न सक्दैनौं, तबसम्म हामीले ल्याएको बजेट, नीति र कानुन कार्यान्वयन राम्रोस“ग हुन सक्दैन । मलाई जनताले प्रश्न गर्छन्‌–तपाईंं माननीय होइन ? तपाईंले के काम गर्नुभयो ? मस“ग उहा“हरुलाई सन्तुष्ट पार्ने जवाफ छैन । तापनि म खुलेरै भन्छु कि म समानुपातिक सांसद् हु“, मलाई त्यति धेरै बजेट दिइ“दैन । ५०–६० लाख बजेट दिइन्छ, त्यो बजेट पनि निकै धाएर बल्लतल्ल ल्याउनुपर्ने अवस्था छ । जहा“ हेर्‍यो, त्यहा“ बिचौलियाको राज छ, न्याय पाउनै मुस्किल छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्टले बागमती प्रदेश सरकारका स्थायी संरचना नबन्दा नागरिकहरुले समस्या बेहोरिरहेको बताए । आठ वर्ष अवधिमा पनि अस्थायी संरचनाबाट काम गर्ने र अस्थायी संरचना निर्माणका लागि करोडौं खर्च गर्ने परिपाटी राम्रो नभएको उनले बताए । पारिवारिक निजी वन केन्द्रीय महासचिव आरती पाठकले वनमा आधारित रहेर उद्यम गर्ने नागरिकलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले प्रदेश सरकारले नागरिकका लागि भन्दा पनि आफ्‌ना स्वार्थका कानुन निर्माण गरिरहेको बताए ।

गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले गैरसरकारी संस्थाहरुलाई उपेक्षा गर्ने गरी सरकारले कानुन निर्माण गरेकोमा विरोध गरिन् । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, हिमराइट्स् मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबा, मकवानपुर महिला समूह अध्यक्ष कमला सुबेदी, एकल महिला समूह मकवानपुर अध्यक्ष शारदा चौलागाई (बञ्जारा), टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगर सचिव चन्द्रावति पनेरुलगायतले आफ्‌ना क्षेत्रका समस्याहरु राखेका थिए । कार्यक्रममा मकवानपुरका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध प्रतिनिधिलगायतको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि