12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउद्यमतर्फ अघि बढ्न आग्रह
spot_img

उद्यमतर्फ अघि बढ्न आग्रह

spot_img

हेटौंडा/नेपाली युवाहरुलाई विदेशका चिल्ला सडक, चिल्ला गाडीमा बसेको फोटो सामाजिकसञ्जालमा पोष्ट्याउन छाडेर उद्योग खोल्न र उद्यमशीतातर्फ लाग्न सुझाव दिइएको छ ।

मकवानपुर व्यवसायी इन्भेष्मेण्ट कम्पनी प्रालिको शनिबार पोखरामा भएको तेस्रो साधारणसभामा नेपाल बितरक महासंघ संस्थापक अध्यक्ष तथा कर्माचार्य बिस्कुट कम्पनी प्रालिका सञ्चालक गोबिन्द कर्माचार्यले कम्पनीका युवा व्यवसायी उद्योगतर्फ आकर्षित हुनुपर्नेमा जोड दिएका हुन् । मकवानपुरमा रहेर विभिन्न कम्पनीका आधिकारिक डिष्ट्रिब्युटर्सको काममा सक्रिय युवा व्यवसायीहरुद्वारा सञ्चालित कम्पनीले सुरुवातदेखि हालसम्म मासिक बचतमार्फत् रकम संकलन गर्दै आगामी दिनमा उद्योग खोल्ने योजनासहित कम्पनी दर्ता गरेका हुन् ।

- Advertisement - Ad Banner

कम्पनी अध्यक्ष अनिलभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बितरक महासंघ उपाध्यक्ष दामोदर पाठकले कुनै उद्योग सानो स्केलबाट सुरु गरेर ठूलो बन्ने भएकाले कम्पनीले पनि सानै स्केलबाट भए पनि उद्योग खोल्न पहल गर्नुपर्नेमा जोड दिए । मकवानपुर चेम्बर अफ कमर्स अध्यक्ष माधब न्यौपानेले उद्योगमा लगानी गर्न रकम अभाव भए पनि काम गर्न सकिनेतर्फ अग्रसर हुन कम्पनीका सञ्चालकहरुलाई सुझाव दिए । अध्यक्ष न्यौपानेले सानै स्केलबाट भए पनि सुरुवात हाल नै गर्नुपर्ने सुझाए ।

कम्पनी महासचिव गोबिन्दप्रसाद अगस्तीले सञ्चालन गरेको कार्यक्रममा उनले प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभामा उपाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले कम्पनीले आफ्‌नै ब्राण्डिङमा केही काम सुरुवात गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कम्पनीका सदस्यहरु सरोज घिमिरे, दुरुनबहादुर खड्का र रामहरि पौडेलले केही प्राविधिक कारण ब्राण्ड दर्ता प्रक्रिया रोकिएकोमा आगामी वर्षदेखि ब्राण्ड दर्ता कार्य सुरुवात गरिने बताएका थिए ।

कम्पनीमा आबद्व २४ जना शेयर होल्डरहरुले न्यून ब्याजदरमा ऋण लिने/दिने कामका साथै उद्योगमा लगानी गरेर ती सामान आफंैले बिक्रीबितरण गर्ने उद्धेश्यले कम्पनी खोलिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । कामको चापका कारण थोरै समय भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनसहितको माध्यमबाट भाइचारा सम्बन्ध विकास गर्ने उद्धेश्यले कम्पनीको साधारणसभा पोखरामा राखिएको उपाध्यक्ष क्षेत्रीले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि