हेटौंडा/नेपाल चेपाङ संघको केन्द्रीय समितिले यस वर्षको छोनाम अर्थात् न्वागी पर्व चितवनमा मनाउने तयारी गरेको छ । गत वर्ष गोरखामा मनाएको पर्व यसपटक चितवनको इच्छाकामना गाउ“पालिका वडा–६ स्थित कालिखोलामा मनाउने तयारी गरिएको संघले जनाएको छ । भदौ २२ गते परेको न्वागीलाई बृहत् सा“स्कृतिक कार्यक्रमसहित मनाउने तयारी गरिएको संघ अध्यक्ष गोबिन्दराम चेपाङले जानकारी दिए ।
ॅघरघरमा, टोलटोलमा त सबै ठाउ“मा कार्यक्रम हुन्छ,’ उनले भने–तर, केन्द्रीय समितिले भने कालिखोलामा मनाउने तयारी गरेको छ । उक्त कार्यक्रममा सहभागी हुन सबै क्षेत्र र जिल्लाका चेपाङ समुदायलाई सम्बन्धित जिल्ला समितिमार्फत् खबर गरेका छौं । उनका अनुसार चेपाङ संघले यस वर्षको न्वागी पर्व मनाउन सबै जिल्लाबाट एक हजारदेखि एक हजार पा“च सय जनासम्म चेपाङ समुदाय चितवन लैजाने योजना बनाएको छ ।
ॅहामीले कम्तिमा पा“च सय जनाको हाराहारीमा स्थानीयको उपस्थिति गराउन सक्यौं भने बा“की हरेक जिल्लाबाट डेढ/दुई सय जनाको संख्यामा आउ“दा पनि लक्ष्य पूरा हुन्छ,’ उनले भने । केन्द्रीय समितिले अन्य स्थानमा सा“स्कृतिक कार्यक्रमसहित मनोरञ्जनका लागि आयोजना गरिए पनि केन्द्रीय समितिको कार्यक्रमले भने चेपाङको मुद्धा उठाउने र त्यसलाई पूरा गराउनका लागि राज्यलाई झकझक्याउने काम गर्दै आएको छ । यसपटक पनि सोहीअनुसार कार्यतालिका तय भएको उनको भनाइ छ ।
ॅसोही दिन धादिङको रोराङ, मकवानपुरको राक्सिराङ, चितवनको शक्तिखोर, समीटारलगायत क्षेत्रमा भव्य कार्यक्रम हु“दैछ,’ उनी भन्छन्–अरु कार्यक्रममा स“स्कृति संरक्षणस“गै मनोरञ्जन गरेर पर्व मनाइन्छ भने केन्द्रीय समितिले मनोरञ्जनस“गै चेपाङको आवाज राज्यको कानसम्म पुग्ने गरी सुनाउ“छ । तर, सकेसम्म २१ गतेसम्ममा सबै ठाउ“मा कार्यक्रम सम्पन्न गरेर २२ गते केन्द्रीय समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको उनको भनाइ छ ।
मनोरञ्जनको पाटोमा भने चेपाङ समुदायबाट कलाकारहरुको उत्पादन र प्रतिभा प्रस्फुटनका लागि चितवन, गोरखा, धादिङ र मकवानपुरलगायत जिल्लाबाट सहभागी गराउने गरी लोकगीत प्रतियोगितासमेत आयोजना गर्ने तयारी गरिएको अध्यक्ष गोबिन्दरामले बताए । उनका अनुसार कार्यक्रममा सहभागी हुनका लागि हरेक जिल्लाबाट चेपाङ समुदायको पहिरनमा सहभागी हुनसमेत केन्द्रीय समितिले भनेको छ ।
न्वागीको सा“स्कृतिक मान्यता
नया“ अन्नबालीस“गै फलफूल तथा कन्दमूल घरमा भिœयाएपछि परिवारले खानुभन्दा पहिले पितृलाई चढाउने परम्परा छ । त्यसका लागि चेपाङका झँ“क्री (पान्दे) हरुले ढ्यांग्रो बजाउ“दै पितृलाई अर्पण गर्ने चलन छ, जुन रातभर चल्छ । यसैलाई छोनाम अर्थात् न्वागी पर्व भनिन्छ । अन्य समुदायमा धान थन्क्याएपछि भात खानुभन्दा पहिले नै न्वागी खाएजस्तै चेपाङ समुदायले न्वागीमा देवता वा पितृलाई चढाएपछि मात्र परिवारले खाने चलन रहेको हु“दा यसलाई उनीहरु प्रमुख पर्वका रुपमा लिन्छन् ।
विशेषगरि पहाडी भुगोलमा चेपाङ जातिको बसोबास रहेको इतिहास छ । त्यसमा पनि चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ समुदायको मुख्य बसोबास रहेको जिल्ला हो । चेपाङ संघको तथ्यांकअनुसार विभिन्न परिस्थिति र कारणले हाल २६ जिल्लामा चेपाङ जातिको बसोबास फैलिएको छ । यद्यपि, पहाडी भुभागमा बसोबास गर्ने चेपाङहरुको मुख्य अन्नबाली भनेकै मकै भएकाले भदौ महिनामा यस पर्व मनाउने चलन बसेको हो । २०५४ मा नेपाल चेपाङ संघ स्थापना भए पनि संस्थागत्रुपमा भने संस्थाले २०६३ सालदेखि न्वागी पर्व मनाउन थालेको हो ।
ॅपरम्परागत्रुपमा पहिलेदेखि नै पर्व मनाउने प्रचलन थियो,’ संघ अध्यक्ष गोबिन्दराम भन्छन्–तर, संस्थागत्रुपमा भने हामीले २०६३ सालदेखि मनाउन थालेका हौं । हाल हरेक वर्ष केन्द्रीय समितिले सम्बन्धित जिल्ला समितिको व्यवस्थापनमा मनाउ“दै आएका छौं । उनका अनुसार अर्को वर्ष मकवानपुरमा न्वागी मनाइने छ । हरेक वर्ष फरकफरक जिल्ला घुमेर पर्व मनाउने गरिएको उनको भनाइ छ ।
बागमती प्रदेश सरकारले चेपाङ बहुल जिल्लाहरु चितवनसहित मकवानपुर र धादिङमा न्वागी पर्वका दिन सार्वजनिक बिदा दि“दै आएको छ । जनगणना २०७८ अनुसार चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ छ । त्यसमध्ये चितवनमा ३५ हजार ६ सय ३७ छ । देशभरमा सबभन्दा धेरै चेपाङ बसोबास भएको जिल्ला चितवन हो । त्यसपछि मकवानपुरमा २३ हजार ६ सय ५०, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ छन् ।









