10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘घोषणापत्र’ सहित सकियो रेडक्रस गोष्ठी
spot_img

‘घोषणापत्र’ सहित सकियो रेडक्रस गोष्ठी

spot_img

हेटौंडा/नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा शुक्रबारदेखि सुरु भएको ३६ औं जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी शनिबार सम्पन्न भएको छ । हेटौंडा–१९ स्थित अरनिको माविको जुनियर रेडक्रस सर्कलको आतिथ्यतामा आयोजित गोष्ठी ११ बु“दे ॅअरनिको घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।

गोष्ठीमा जुनियर/युवा सर्कलको गरेको वार्षिक कार्यक्रमको समीक्षा गरी २०८२/०८३ को वार्षिक कार्ययोजना निर्माण, हाजिरीजवाफ प्रतियोगिता, रेडक्रसका आधारभुत ७ सिद्धान्तबारे नाटकप्रदर्शनसहित नेतृत्व विकास, रेडक्रस अभियान र विपद् व्यवस्थापन कार्यशाला आयोजना गरिएको रेडक्रस मकवानपुरका उपमन्त्री शिवहरि दाहालले जानकारी दिए ।

- Advertisement - Ad Banner

गोष्ठीमा ३७ औं जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठी जनकल्याण मावि पालुङको आतिथ्यमा २०८३ सालमा आयोजना गर्ने निर्णय गर्दै जनकल्याण माविका शिक्षकनायक मनोज लामिछानेलाई रेडक्रसको झन्डा हस्तान्तरण गरिएको छ । २०८३ को जिल्लास्तरीय शिक्षकनायक गोष्ठी जनता मावि सुकौरा र जिल्लास्तरीय प्रधानाध्यापक गोष्ठी आधुनिक राष्ट्रिय मावि हेटौंडामा आयोजना गर्ने गरी वार्षिक कार्ययोजना निर्माण गरिएको छ ।

समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१९ वडा अध्यक्ष नरनाथ सुबेदी, अरनिको मावि विव्यस अध्यक्ष गान्धी घलान, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखा उपसभापति यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्‌ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य रामजी सापकोटा, पिताम्बर बास्तोला, पूर्वउपसभापति उमेश बा“स्कोटा, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, प्रधानाध्यापक विष्णु परियार, कार्यक्रम संयोजक तथा सहायक प्रधानाध्यापक राजु घले, शिक्षकनायक बिणाकुमारी लामा, पीटीए अध्यक्ष रामप्रसाद पौडेल र जिल्ला जुनियर युवा समिति सदस्य हिक्मत श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर उपमन्त्री तथा जिल्ला जुनियर युवा समिति संयोजक शिवहरि दाहालको सभाध्यक्षतामा शुक्रबार भएको कार्यक्रम उद्घाटन रेडक्रस मकवानपुर सभापति लालबहादुर थापाले गरेका थिए । गोष्ठीमा मकवानपुरका ६५ वटा सामुदायिक तथा संस्थागत् विद्यालय एवम् समुदायस्तरमा गठित जुनियर/युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षकनायक गरी करिब ३ सय जनाको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि