9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआश्रितको बिमा रकम सरकारले तिरिदिने
spot_img

आश्रितको बिमा रकम सरकारले तिरिदिने

spot_img

हेटौंडा/बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले आफ्‌ना कोही नभएका नागरिकका लागि प्रदेश सरकार भएको बताएका छन् । शनिबार आफ्‌नो जन्मदिनको अवसरमा हेटौंडाको मानवसेवा आश्रममा रहेका अनाथ, असहाय र परिवारविहीनको सेवामा पुगेका थापाले राज्य सबैको संरक्षक भएको बताए । ॅजसको कोही छैन, त्यसका लागि हामी छौं, प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दैछ,’ उनले भने ।

प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्ष बजेट बनाउ“दा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बिमाको रकम सरकारले तिरिदिने व्यवस्था गरेको उनले जानकारी दिए । उनले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने बताउ“दै सबभन्दा ठूलो धर्म मानवसेवा भएको बताए । ॅभगवान्‌को मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबभन्दा ठूलो र पुण्य काम यही हो,’ उनले भने । मानवसेवा आश्रमले मानवीय काम गरेको भन्दै उनले प्रशंसा गरे । आश्रितहरुको खानपान, आवास, स्वास्थ्य, सरसफाइजस्ता काम गरेर मानवसेवा आश्रमले ईश्वरीय काम गरेको उनले बताए ।

- Advertisement - Ad Banner

उनले सेवा आश्रमलाई व्यवस्थित गर्नका लागि कम्तिमा सरकारको तर्फबाट खाना व्यवस्थापनका लागि सेवा दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ने उनले बताए । मानवसेवा आश्रमका बिरामीलाई प्रदेशको हेटौंडा अस्पतालले निःशुल्क उपचार गराउने थापाले जानकारी गराए । उनले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार आएको पनि बताए ।

हेटौंडा अस्पतालको नामाकरण कहिल्यै पनि परिवर्तन नहुने बताउ“दै उनले प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिने स्पष्ट पारे । त्यसैले विरोधका लागि विरोध नगर्न थापाले आग्रह गरे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि बढाएको बताउ“दै त्यसको प्राक्टिकलका लागि प्रतिष्ठानमार्फत् हेटौंडा अस्पताल सञ्चालन गरिएको थापाले जानकारी दिए ।

३ सय बेडमा त्यो हेटौंडा अस्पताल सुरु भएको छ, अस्पतालमा हाल दैनिक १३/१४ सय बिरामीले ओपीडी सेवा लिइरहनु भएको छ, मकवानपुरबासीले मात्र होइन मधेस प्रदेशका ४ जिल्लाले समेत सेवा लिइरहनुभएको छ,’ उनले भने ।

उनले सोही प्रतिष्ठानमार्फत् हेटौंडामा एमडीको पढाइ सुरु भएको पनि जानकारी दिए । ॅ८ वटा कोटा प्राप्त भएर एमडी पढाइ सुरु भएको छ । एमबीबीएसको ५० वटा कोटा प्राप्त भएर पढाइ सुरु हु“दै छ । केही महिनापछाडि हेटौंडा अस्पतालमा अब एमबीबीएस पढाइ सुरु हु“दै छ । हाल ब्याचलर लेबलमा विभिन्न विषयमा ३ सय ५८ जनाको पढाइ सुरु भइरहेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल नजोडिएको भए यो अवस्था हुने थिएन,’ उनले भने ।

कुनै बेला हेटौंडाबासीलाई अर्कै नामले सम्बोधन गर्ने गरिएको स्मरण गर्दै थापाले अबको केही वर्षपछि हेटौंडा डाक्टरहरु बस्ने सहर बन्ने दाबी गरे । यहा“ त डाक्टरहरुको पढाइ हुन्छ भनेर त्यसको नामाकरण नै परिवर्तन हुनेछ,’ उनले भने । उनले सबै मिलेर हेटौंडा अस्पताललाई ५ सय बेडको अस्पताल बनाइने बताए । ॅयदि मकवानपुरबासी सबैको साथ र सहयोग रह्यो भने हेटौंडा अस्पताल अबको दुई/चार वर्षपछाडि काठमाडौंको टिचिङ अस्पतालको दा“जोमा पुग्नेछ,’ उनले भने । उनले जन्मदिनको अवसरमा आश्रमका आश्रितलाई विहानको खाना खुवाएका थिए । उनले मानवसेवा आश्रममा आश्रितस“ग खाना खाए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि