10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा लामा
spot_img

मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा लामा

spot_img

हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“को प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई दिएको छ । यसअघि खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको जिम्मेवारीमा थिए । मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरु पदस्थापन गरेको प्रवक्ता तामाङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता तामाङले ६ जना सचिवको पदस्थापन गर्ने निर्णय गरिएको छ ।

- Advertisement - Ad Banner

उनका अनुसार ईश्वरचन्द्र मरहठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, इन्द्रदेव भट्ट खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव, वीरेन्द्रदेव भारती युवा तथा खेलकुद विकास मन्त्रालय, बलराम ढकाल श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव, झलकराम अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापन भएका छन् ।रिक्त रहने सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव कार्यबाहकले केही दिन चलाउने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकले चितवनको भरतपुर महानगरपालिका र अष्ट्रेलियाको मेरिब्रेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध विस्तार गर्न परामर्श सम्बन्धमा निर्णय भएको प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रम बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । सोअर्न्तगत् ४० लाख रुपिया“ दिने निर्णय भएको हो । बागमती प्रदेशमा कार्यरत् कर्मचारीहरुको महंगीभत्ता बृद्धि गरिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । विनियोजन विधेयकमा उल्लेख भएर आएअनुसार प्रदेशमा कार्यरत् कर्मचारीको महंगी भत्ता ३ हजार रुपिया“बाट बढाएर ५ हजार रुपिया“ पुर्‍याउने निर्णय गरिएको प्रवक्ता तामाङले बताए । उनका अनुसार प्रदेशको स“स्कृति तथा पर्यटन मन्त्रालयको आयोजनाको अस्थायी संगठन संरचना तथा दरबन्दी तेरिजसम्बन्धि प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको प्रवक्ता तामाङले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि