10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा पहिलो संस्करणको गोरखा ब्वाइज फुटबल
spot_img

हेटौंडामा पहिलो संस्करणको गोरखा ब्वाइज फुटबल

spot_img

हेटौंडा/हेटौंडामा पहिलो संस्करणको गोरखा ब्वाइज कप ७ ॅए’ साइड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । गोरखा ब्वाइज क्लबको आयोजनामा हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको श्रमिक खेलमैदानमा भदौ ३० गतेबाट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुन लागि ५ हजार रुपिया“ दर्ता शुल्क लाग्ने प्रतियोगिता संयोजक सञ्जीव देउलाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपिया“सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार रुपिया“सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिडर र उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् ।

- Advertisement - Ad Banner

मकवानपुर जिल्लाभरका टिमहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक देउलाले बताए । प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए । जिल्लामा खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धि, खेलको महत्वबारे बुझाउन र एकर्काबीच भ्रातृत्व कायम गर्न प्रतियोगिता गर्न लागिएको उनको भनाइ छ । प्रतियोगिताको खेलतालिका भदौ २९ गते सार्वजानिक गरिने छ । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भइरहेको उनले जानकारी गराए । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख खर्च हुने आयोजकको अनुमान छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि