12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासहिद बासुदेब मार्ग निर्माण सुरु
spot_img

सहिद बासुदेब मार्ग निर्माण सुरु

spot_img

हेटौंडा/मकवानपुरगढी गाउ“पालिका–६ को डुम्रेकुना सिरानदेखि सरमपुरसम्म जोड्ने सहिद बासुदेब मार्ग सडकखण्डमा निर्माण कार्य सुरु हुने भएको छ । करिब ३ करोड लागतमा स्ल्याब ढलान, नाला र वाल निर्माण गरिने उक्त सडकका लागि सडक डिभिजन कार्यालय हेटौंडाले ठेक्का आह्‌वान गरेको हो ।

सडक निर्माणका लागि आवश्यक बजेट संघीय सरकारबाट मकवानपुर क्षेत्र नम्बर–२ का सांसद् तथा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाको पहलमा विनियोजन भएको हो । सांसद् बर्तौलाले स्थानीयको लामो समयदेखि रहेको मागअनुसार सडक स्तरोन्नति गर्न बजेट ल्याइएको बताएका छन् । स्थानीयले सडक स्तरोन्नतिस“गै आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सुगमता हुने र गाउ“को समग्र विकासमा टेवा पुग्ने अपेक्षा रहेको मकवानपुरगढी गाउ“पालिका निवर्तमान अध्यक्ष विदुर हुमागँईंले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि