हेटौंडा/प्रधानमन्त्री केपी ओलीलाई थाहामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरिएको छ । थाहा नगरबाट नेकपा एमालेसहित थाहा, कैलाश, भीमफेदी र इन्द्रसरोवर गाउ“पालिकाका अगुवाहरु, बुद्धिजीवी तथा स्थानिय र थाहा नगरपालिकामा कार्यरत् कर्मचारीसमेतले उत्तरी मकवानपुरको सम्पूर्ण जनताहरुलाई सहज र सुलभ तरिकाले प्रशासनिक सेवा उपलब्ध गराउन नगरमा इलाका प्रशासन कार्यालय स्थापना गराउन सक्रिय पहलका लागि प्रतिनिधिसभा सदस्यका रुपमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीलाई भेटेर नगरमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरिएको प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले बताए । ॅप्रधानमन्त्रीज्युले अर्थमन्त्री र गृहमन्त्रीलाई थाहामा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन भन्नुभएको छ,’ उनले नगरमा इलाका प्रशासन स्थापना हुने प्रक्रिया अगाडि बढ्ने आशा व्यक्त गरे । मकवानपुर, बागमती प्रदेशको राजधानी रहेको जिल्ला हो ।
मकवानपुरको दोस्रो प्रमुख व्यापारिक नाका र ऐतिहासिक बजार मनहरी बजारमा इलाका प्रशासन कार्यालय खोल्न र त्यहींबाट नागरिकता दिलाउने गरी व्यवस्थाका लागि स्थानीयले पटकपटक आवाज उठाए । यसो गर्दा कैलाश, राक्सिराङ र मनहरीका नागरिकले नागरिकता लिन सदरमुकाम हेटौंडा आउनुपर्ने झन्झटबाट मुक्ति पाउ“थे ।
घरआ“गनमा संघीय सरकारको गृह प्रशासन फेला पर्थ्यो । आन्तरिक राजस्व कार्यालयको एउटा युनिट पनि त्यतै थपिए त्यहा“को राजस्व चुहावट रोकिने स्थिति बन्थ्यो । बजार र अन्य प्रकारका अराजकता मत्थर हुन्थ्यो । देशभर २३ इलाका प्रशासन थपि“दा मकवानपुरबासी हेरेकोहेर्यै भए ।
सरकारले थाहा नगर घोषणापश्चात् नेकपा एमालेले जिल्लाको उत्तरी केन्द्रविन्दुका रुपमा रहेको थाहा नगरमा एकीकृत इलाका प्रशासन कार्यालय स्थापना गर्न निरन्तर पहल गर्दै आएको छ । उक्त पहलका क्रममा नापी र मालपोत कार्यालय स्थापना हुन सके । मुख्य प्रशासन कार्यालय स्थापना हुन सकेको छैन । ॅमन्त्रिपरिषद्को भदौ ९ को बैठकले २३ जिल्लामा प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्दा पनि पालिका भित्रिन सकेन ।
स्थानीय सरकारको सक्रियता र निरन्तर दबाबको अभाव यसमा मुख्य कारण रहेको हाम्रो निष्कर्ष छ,’ एमाले थाहा अध्यक्ष सुरेन्द्रमान प्रधान भन्छन्–हाम्रै क्षेत्रबाट निर्वाचित माननीयलाई थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको सुनिश्चितताका लागि आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछौं । उक्त पहलले थाहा नगरका नागरिकलाई सहज र छिटोछरितो ढंगले सेवा उपलब्ध गराउने साझा चाहनामा ठूलो योगदान पुर्याउने विश्वास नेकपा एमाले थाहा नगर कमिटीले लिएको छ ।









