हेटौंडा/भदौ ३ गते राक्सिराङ गाउ“पालिका–१, इन्द्रुङका सुमनसिं प्रजा घरमा पत्नी सुत्केरी रहेको र खानेकुरा केही पनि नभएको भन्दै गाउ“पालिका कार्यालय पुगे । सुत्केरीलाई खुवाउने कुरा पनि केही नभएको र बस्ने घर पनि नभइ झुप्रोमा बस्दै आएको थाहा पाएपछि गाउ“पालिकाले तत्काल राहतका लागि दाल, चामल, तेल, नुन, कम्बल, त्रिपाललगायत सामग्री हस्तान्तरण गर्यो ।
सुमनसिंको परिवारलाई बस्ने बास र खानेकुरा अभाव रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आए । विभिन्न सामाजिकसञ्जालमा उनको झुप्रोको फोटोसहित पोष्ट भए । उक्त कुरा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“लाई जानकारी भएपछि सुमनसिंले अब नया“ घर पाउने भएका छन् ।
साउन २० गते मुख्यमन्त्री नियुक्त भएका सोही क्षेत्रका प्रदेशसभा सदस्य बानिया“ले आफ्नो तलबभत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अतिविपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्ल र नेपाली कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बालगायतको सिफारिसमा सुमनसिंको घर बनाउन मुख्यमन्त्री बानिया“ले व्यक्तिगत् खर्च गर्ने भएका हुन् । बुधबार सिफारिससहित मुख्यमन्त्री कार्यालय पुगेका गाउ“पालिका अध्यक्ष मल्ल, पार्टी सभापति जिम्बालगायतलाई मुख्यमन्त्री बानिया“ले दशैंअघि घर तयार गर्ने गरी काम सुरु गर्न भनेका छन् ।
२ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट र बाथरुम निर्माण यथाशीघ्र गरिने र दशैंअघि नै हस्तान्तरण गरिने पालिका अध्यक्ष मल्लले बताए । उक्त घर बनाउन खर्च हुने रकम मुख्यमन्त्री बानिया“ले बेहोर्नेछन् । मुख्यमन्त्री बानिया“ले केही दिनअघि मनहरी गाउ“पालिका–९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि सहयोग गरेका छन् । उनको घर बनाउन बानिया“ले पहिलो किस्ताबापत् २ लाख हस्तान्तरण गरेका थिए ।









