9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडा सिमेन्टद्वारा पुनः उत्पादन सुरु
spot_img

हेटौंडा सिमेन्टद्वारा पुनः उत्पादन सुरु

spot_img
हेटौंडा/लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनः उत्पादन सुरु गरेको छ । उद्योगका मेसिन मर्मत गरी आवश्यक कोइलाको व्यवस्थापन गरेस“गै उद्योग पुनः सञ्चालनमा आएको हो ।
उद्योगका निमित्त महाप्रवन्धक इञ्जिनियर रामबाबु साहका अनुसार गत बैशाखदेखि मेसिनमा देखिएको समस्या र कोइला अभावका कारण उद्योग बन्द भएको थियो । उनले भने–उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो । सिमेन्ट उत्पादन गरी बिक्री गरेर भुक्तानी गर्ने शर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौं । कोइलाको व्यवस्थापनस“गै हामीले उत्पादन सुरु गरेका छौं ।
हेटौंडाको लामसुरेमा २०३३ मा स्थापना भएको उद्योगले २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको हो । यद्यपि, पछिल्ला वर्षहरुमा आर्थिक समस्या, उपकरणको जीर्ण अवस्था, बजारको अभाव, मूल्य समायोजन नहुनु, कर्मचारी दरबन्दी कमी र निजी उद्योगस“गको प्रतिस्पर्धाजस्ता कारणले उद्योग पटकपटक बन्द हु“दै आएको छ । यसअघि पनि उद्योगले बैशाख दोस्रो साता केही समयका लागि सञ्चालन गरी करिब एक लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
हाल उद्योगस“ग धादिङको जोगीमारा र मकवानपुरको ओखरे, मजुवा तथा भैंसे गरी चार वटा चुनढुंगा खानी छन् । तर, प्रविधिको पुरानो ढा“चा र व्यवस्थापनसम्बन्धि चुनौतीहरुका कारण सिमेन्ट उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन कठिन भइरहेको निमित्त महाप्रवन्धक साहले बताए । ॅहाल उत्पादन सुरु भए पनि दीर्घकालीनरुपमा सञ्चालनका लागि पूर्वाधार र व्यवस्थापन पक्षमा सुधार आवश्यक छ,’ साहले थपे ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि