12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबालबालिकासम्बन्धि ३६५ उजुरी
spot_img

बालबालिकासम्बन्धि ३६५ उजुरी

spot_img
मञ्जिता मैनाली
हेटौंडा/आर्थिक वर्ष २०८१/०८२ मा मकवानपुर जिल्लामा सञ्चालनमा रहेको सिविन बालहेल्पलाइनमा ३ सय ६५ बालबालिकासम्बन्धि उजुरी दर्ता भएका छन् । बालहेल्पलाइनमार्फत् १ सय ७८ बालक र १ सय ८७ बालिकाका विभिन्न समस्या र हिंसाका घटना उजागर भएका हुन् ।
सबभन्दा बढी २ सय २१ उजुरी हेटौंडा उपमहानगरपालिकाअन्तर्गत् दर्ता भएका छन् । तीमध्ये बालविवाहका १६ घटना छन् (१३ बालिका, ३ बालक), जसमा १२ बालविवाह रोक्न सफल भएको जनाइएको छ । हराएका ४ बालबालिकाको प्रहरी सहयोगमा पुनःपारिवारिक मिलन गराइएको छ । अलपत्र फेला परेका २२ बालबालिका, शारीरिक दण्डको शिकार बनेका १० जना, शिक्षा सहयोग पाएका ७८ जना, बालश्रममा परेको ५७ जना, मानसिक परामर्श लिएका ९ जना र जबर्जस्ती करणी तथा यौन दुर्व्यवहारका २ बालिकाको उजुरी पनि दर्ता भएको छ । बालश्रमबाट उद्धार गरिएका ५७ जना बालक र बालिकामध्ये ४८ जनालाई श्रम कार्यालयमार्फत् कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनामा संलग्न पक्षस“ग ४ लाख ४२ हजार रुपिया“ जरिवाना र ५ लाख १६ हजार ८ सय ७५ रुपिया“ क्षतिपूर्ति संकलन गरिएको छ ।
बालविवाह र बालश्रम व्यापक
मनहरी गाउ“पालिकामा ८९ उजुरी दर्ता भएका छन् । तीमध्ये १६ वटा बालविवाहका घटनामा ९ रोक्न सफल भएको हो । शैक्षिक सहयोगमा ५२ बालबालिका, बालश्रममा परेका ५ जना र परामर्श सेवा लिने २ जनाको विवरण छ । बकैया गाउ“पालिकामा १३ उजुरी दर्ता भए, जसमा ५ बालविवाह, ६ अलपत्र बालबालिका र १ बालश्रमका घटना छन् । कैलाश, राक्सिराङ, भीमफेदी, मकवानपुरगढी र बागमती गाउ“पालिकामा पनि बालविवाह, बालश्रम र यौनदुर्व्यवहारका घटना देखिएका छन् ।
सामाजिकसञ्जाल समस्याको जड
सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीका अनुसार प्रेमसम्बन्धका नाममा थुप्रै बालिका बलात्कारको शिकार भएका छन् । ॅ१८ वर्ष नपुगेकी बालिका र वयस्क पुरुषबीच सम्बन्धमा जब उजुरी पर्छ, तब पुरुषलाई मात्र दोषीठहर गरिन्छ,’ ज्ञवालीले बताए । उनले बालकहरु पनि यौनदुर्व्यवहारमा पर्नसक्ने उल्लेख गर्दै कानुनले लिङ्गका आधारमा विभेद गर्न नहुनेमा जोड दिएका छन् । ॅमहिलाद्वारा बालकलाई फकाएर सम्बन्ध बनाएको घटनामा पनि कानुनी संरक्षण हुनु आवश्यक छ,’ ज्ञवालीले भने । बालबालिकाबीच सामाजिकसञ्जालमार्फत् सम्बन्ध बढ्दै जा“दा ११ वर्षकै उमेरमा प्रेम र बालविवाहसम्मको अवस्था आउने गरेको पनि उनले बताए ।
गम्भीर घटना बागमती पालिकामा
सिविन नेपालका प्रवन्धक माधब लोहनीका अनुसार बाल यौनदुर्व्यवहारका घटना सबभन्दा बढी बागमती गाउ“पालिकामा दर्ता भएका छन् । तर, सबै घटना रिपोर्ट हु“दैनन्,’ लोहनी भन्छन्‌–कानुनी प्रक्रिया लामो भएकाले धेरै पीडित बीचैमा हराउ“छन् । सीमावर्ती क्षेत्रहरुमा बालबालिका बेचबिखन, ठगी र सामाजिकसञ्जालको प्रयोगमार्फत् हुने शोषण बढ्दो रहेको उनले बताए । यौनदुर्व्यवहारका पीडितहरुले उजुरी गर्न झमेला भएको कारण आवाज उठाउन नसक्ने अवस्था छ ।
संरक्षण प्रणाली कमजोर
उक्त तथ्यांकले देखाउ“छ कि मकवानपुरमात्र होइन, अन्य क्षेत्रबाट पनि बालबालिकाका गम्भीर उजुरी उजागर भइरहेका छन् । सामाजिकसञ्जालको अनियन्त्रित प्रयोग, सीमावर्ती क्षेत्रको जोखिम र कानुनी प्रक्रियाको जटिलता प्रमुख चुनौतीका रुपमा देखिएका छन् । सरकारले सामाजिकसञ्जाल दर्ता गरेरमात्र सञ्चालन गर्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन नहु“दा बालबालिकामाथिको आपराधिक गतिविधि कमी आउन सकेको छैन । (
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि