12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामुख्यमन्त्रीले बनाइदिने भए मिठुमायाको घर
spot_img

मुख्यमन्त्रीले बनाइदिने भए मिठुमायाको घर

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले व्यक्तिगत् खर्चमा मकवानपुरको मनहरी गाउ“पालिका–९ कि एक विपन्न दलित एकल महिलाको घर निर्माण गरिदिने भएका छन् । मनहरी–९ कि मिठुमाया सुनारको घर निर्माणका लागि मुख्यमन्त्री बानिया“ले सोमबार मनहरी गाउ“पालिकामार्फत् २ लाख रुपिया“को चेक हस्तान्तरण गरेका हुन् ।
मिठुमाया सुनारका पतिको ५ वर्षअघि मृत्यु भएको र उनका एक छोरा संगम सुनार शारीरिकरुपमा अशक्त रहेको र थोत्रिएको घर मर्मत गर्न नसक्दा समस्यामा रहेको स्थानीय समाजसेवीहरुको सिफारिसमा मनहरी गाउ“पालिकाले घर निर्माणका लागि सिफारिस गरेको थियो । मुख्यमन्त्रीको सेवासुबिधाबाट प्राप्त हुने रकमबाट आफ्‌नो क्षेत्रका विपन्नको घर बनाइदिने यसअघि नै घोषणा गरेका बानिया“ले आफूले पाउने सेवासुबिधाबाट खर्च हुने गरी एकल महिलाको घर निर्माण गर्न रकम सहयोग गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मनहरीका समाजसेवी प्रकाश बर्तौला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति अध्यक्ष गणेश मानन्धरलगायतको रोहबरमा वडा कार्यालय र मनहरी गाउ“पालिका अध्यक्ष रञ्जन कालाखेतीले महिलाको घर निर्माण गरिदिन गाउ“पालिकामार्फत् मुख्यमन्त्री बानिया“लाई अनुरोध गरेका थिए । सोमबार मुख्यमन्त्री बानिया“ले पालिका अध्यक्ष कालाखेती, मनहरी–९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडा अध्यक्ष यादब थपलियालगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेका थिए । उक्त रकमबाट मिठुमायाको २ वटा कोठा, एउटा भान्छासहित शौचालय र बाथरुम निर्माण गरिने योजना बनाइएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि