हेटौंडा/परिवारका सदस्य गुमाएका विपन्न घरधुरीलाई सहयोगस्वरुप मनहरी गाउ“पालिकाले काजकिरिया खर्च वितरण गरेको छ । गाउ“पालिका अध्यक्ष रञ्जन कालाखेतीले मनहरी गाउ“पालिका–२ का विभिन्न परिवारलाई प्रतिपरिवार २० हजार रुपिया“ नगदसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्वअन्तर्गत् विपन्न समुदायलाई राहतस्वरुप निरन्तर दिइ“दै आएको काजकिरिया खर्च वितरणले शोकमा रहेका परिवारलाई सानो भए पनि सान्त्वना मिल्ने भएकाले पालिकाले यसरी सहयोग गर्दै आएको अध्यक्ष कालाखेतीले बताए ।









