12.5 C
Makwānpur
Homeमुख्य समाचारहेटौंडा–काठमाडौं पोडवे निर्माण अध्ययन स्वीकृति
spot_img

हेटौंडा–काठमाडौं पोडवे निर्माण अध्ययन स्वीकृति

spot_img
माधब न्यौपाने
हेटौंडा/लगानी बोर्डले काठमाडौंदेखि हेटौंडासम्म पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले पहिलो चरणमा काठमाडौंदेखि हेटौंडासम्म पोडवेको सम्भाव्यता अध्ययन गर्न दिने निर्णय गरेको हो ।
बैठकमा काठमाडौंदेखि हेटौंडा हु“दै वीरगञ्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव गरिएको थियो । यसका लागि करिब ७१ अर्ब रुपिया“ लाग्ने अनुमान गरिएको छ । काठमाडौं–हेटौंडाको सम्भाव्यता अध्ययन सकिएपछि हेटौंडा–वीरगञ्जका लागि अध्ययन गर्न अनुमति दिने योजना बोर्डको छ ।
ॅनिर्वाचित प्रतिनिधिहरुले सम्भावनाहरुको उजागर गर्दा सरकारको ध्यानाकर्षण भएको छ । उठाइएका विषयहरुलाई सफल बनाउन लगातार क्रियाशील रहने छौं,’ उक्त विषयमा संघीय संसद्मा लगातार आवाज उठाउ“दै आएका मकवानपुरका सांसद् महेश बर्तौलाले भने–यसको परिणाम काठमाडौंदेखि हेटौंडासम्म पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्ने तहसम्म आइपुगेको छ । सबैको सकारात्मक सहयोग रहिरहे यस परियोजना सफलढंगले सम्पन्न हुनेछ ।
उनले यदि उक्त परियोजना सफल हुनसके बागमती प्रदेशको राजधानी हेटांैडा सिंगो देशको ट्रञ्जिटप्वाइन्ट हुने बताए । यसको लाभ सिंगो मकवानपुरले पाउनेछ । ॅसमय त लाग्छ नै, तर विषयले बल्ल प्राथमिकता पाएको छ । जग खन्ने शुरुवात भएको छ । उनका अनुसार पछिल्लो समय विश्वका धेरै देशले स्मार्ट पब्लिक ट्रान्सपोर्टेसनका रुपमा पोडवे प्रविधिलाई उपयोग गरिरहेको देखिन्छ । यसमार्फत् मालसामान ढुवानी र यात्रुहरुको आवतजावतसमेत सजिलै गर्न सकिने भएकाले नेपालमा पनि यसको उल्लेख्य सम्भावना रहेको देखिन्छ ।
नेपालमा उक्त प्रविधि प्रयोगले देशमा बढ्दो पेट्रोलियम पदार्थ प्रयोग घटाइ वैदेशिक व्यापार घाटा कम गर्न, विद्युत् खपत वृद्धिमार्फत् आन्तरिक बजार विस्तार गर्न, वातावरणीय प्रदुषण न्यूनीकरण गर्न, ट्राफिक चापको बढ्दो समस्या न्यूनीकरण गर्न तथा लागत मितव्ययितता र समयको बचतका लागिसमेत सकारात्मक योगदान गर्न सक्दछ ।
विसं १९८२ मा सुरु भएर २०५७ सालदेखि औपचारिकरुपमा बन्द अवस्थामा रहेको ४२ किमी लामो हेटौंडा–कुलेखानी–काठमाडौं रोपवेको स्थानमा पोडवे सञ्चालन प्रक्रिया आरम्भ गर्न उपयुक्त देखिने बर्तौैला बताउ“छन् । सरकारले आव २०८२/०८३ को बजेट वक्तव्यमा हेटौंडा–काठमाण्डौं पोडवे सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने योजना समावेश गरेको थियो । उनले भने–पोडवेलाई उक्त स्थानमा सञ्चालन गर्न राइट अफ वे’ मा समेत कुनै झन्झट रहेको देखि“दैन । यसमार्फत् संघीय राजधानी काठमाडौंस“गको कनेक्टिभिटीमा बागमती प्रदेशको राजधानी हेटौंडाका साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशले समेत प्रत्यक्ष लाभ हासिल गर्न सक्दछ ।
यसलाई क्रमशः देशका अन्य क्षेत्रमा समेत विस्तार गरी अगाडि बढाउन सकिने प्रशस्त सम्भावना रहेकाले उनले आगामी दिनमा यस महत्वपूर्ण पोडवे परियोजना सञ्चालन गर्न आवश्यक स्रोत व्यवस्थापन गरी अगाडि बढाउने सम्बन्धमा नेपाल सरकारको धारणा मागेका थिए ।
ॅभौगोलिक विविधतायुक्त हाम्रो मुलुकमा न्यायपूर्ण, समुचित र सन्तुलित विकासमार्फत् दीगो विकासका लक्ष्यहरु हासिल गर्न यस्ता आधारभुत सेवासुबिधाहरु नागरिक तहमा राज्यका तर्फबाट सहजढंगले उपलब्ध गराउन, सार्वजनिक सेवाप्रवाहलाई छिटोछरितो र गुणस्तरीय बनाउन, उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग, परिचालन र व्यवस्थापन गर्न सरकारहरुको प्रभावकारी समन्वयमार्फत् योजना अगाडि बढाउनु आवश्यक देखिन्छ,’ उनले यसले मुलुकको आर्थिक, सामाजिक सूचकहरुको विकासमा समेत उल्लेख्य टेवा पुर्‍याउनसक्ने बताए ।
ॅत्यसैले, सरकारस“ग भएको सीमित स्रोतसाधनलाई नागरिकका हित र सेवाका लागि अधिकतम् उपयोग गरी मुलुकको सन्तुलित र दीगो विकास हासिल गर्न भौगोलिकरुपमा बिकट, सार्वजनिक सेवासुबिधा पुर्‍याउन कठिन, विपद्को उच्च जोखिमयुक्त स्थान, भौगोलिक संरचना विकासका लागि असुरक्षित, बाधक र अपायक स्थानमा रहेका छिटपुट घरबस्तीलाई व्यवस्थित गरी आवश्यक स्थानीय तहहरुमा सुबिधाजनक, एकीकृत वस्ती विकास योजना अगाडि बढाउने सम्बन्धमा सरकारले सोच्नुपर्ने धारणा राखेका थिए ।
काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौं–हेटौंडा हु“दै वीरगञ्जसम्म पोडवे यातायात निर्माण गर्न प्रस्ताव पेस गरेको थियो । कम्पनीले गत हप्ता प्रारम्भिक प्रस्ताव पेस गरेको हो । बुधबार कम्पनीका सञ्चालकहरुले पोडवेको सम्भावना र लगानीबारे बोर्डमा विस्तृत प्रस्तुति दिएका थिए । कम्पनीले हेटौंडादेखि काठमाडौंसम्म पुरानो रोपवेको लाइन प्रयोग गर्ने र हेटौंडा–वीरगञ्ज खण्डमा नया“ मार्ग निर्माण गर्ने योजना प्रस्तुत गरेको छ । प्रारम्भिक अध्ययनअनुसार उक्त पोडवेको सम्भाव्यता मूल्यांकन गर्न करिब २ वर्ष लाग्ने बताइएको छ ।
अनुमतिपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर परियोजना अघि बढाइनेछ । विद्युत्‌मा आधारित पोडवे सार्वजनिक यातायातको नयाँ विकल्पका रुपमा प्रस्तुत गरिएको छ । एक पटकमा ४२ जना यात्रु क्षमता भएको पोडले प्रतिघण्टा १ सय ५० किमी वेगमा यात्रा गराउन सक्ने बताइएको छ । यस प्रविधि भारत, बेलारुस र युएईमा प्रयोग भइसकेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि