12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र
spot_img

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र

spot_img
काठमाडौं/सामसङले आफ्‌नो प्रमुख पहल, सामसङ इनोभेसन क्याम्पसअन्तर्गत् कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालयअन्तर्गत् पूर्वीय इञ्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ ।
अब नया“ ब्याचको तालिम सुरु हुनेछ, जसले विद्यार्थीहरु भविष्यका लागि आवश्यक दक्षताहरुस“ग सक्षम हुनेछन् । त्रिभुवन विश्वविद्यालयका कुलपति प्राडा दीपक अर्याल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इञ्जिनियरिङ अध्ययन संस्थाका डीन प्राडा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरियो ।
सामसङ नेपाल कार्यालयका मानवस्रोत प्रवन्धक जयन्तमणि कायस्थले भने–कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा हामी खुशी छौं । सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरुलाई भविष्यमुखी सिपहरुले सशक्त बनाउ“दै आएको छ । त्रिभुवन विश्वविद्यालयस“गको सहकार्यमा हामी तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरुलाई भविष्यको रोजगारीका लागि तयार गर्न लक्ष्य राखेका छौं ।
डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई कोडिङ र प्रोग्रामिङमा तालिम दिइ एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ । एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङ ज्ञानका आधारमा विद्यार्थीहरुको छनौट गरिन्छ । इञ्जिनियरिङ अध्ययन संस्थाका डीन प्राडा बज्राचार्यले भने–नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङस“ग सहकार्य गर्न पाउ“दा हामी गर्वित छौं । कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरुका लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौं ।
कार्यक्रममा प्राविधिक सिपका साथै रोजगारी योग्यता, समस्या समाधान र सिर्जनात्मकता जस्ता क्षमताको पनि तालिम दिइन्छ ।  विद्यार्थीहरुले कोडिङ र प्रोग्रामिङ, र प्रविधि प्रयोग गरी सामाजिक महत्वका परियोजनाहरुमा पनि काम गर्छन्, जसले वास्तविक संसारका चुनौतीहरुको समाधान गर्न मद्धत गर्छ ।
सामसङले रुपान्तरणकारी विचार र प्रविधिहरुको सहाराले संसारलाई प्रेरित गर्छ र भविष्यलाई आकार दिन्छ । कम्पनीले टिभी, स्मार्टफोन, वेयरेबल्स, ट्याब्लेट, गृह उपकरण, नेटवर्किङ, मेमोरी, सिस्टम एलएसआई, फाउन्ड्री, चिकित्सा इमेजिङ, रोबोटिक्स र हर्मनमार्फत् अभिन्न अटोमोटिभ र अडियो उत्पादनमा नया“ मानक स्थापित गर्दै आएको छ । स्मार्टथिङ्स इकोसिस्टम, साझेदारहरुसँग खुला सहकार्य र यसको सम्पूर्ण पोर्टफोलियोमा एकीकरणको सहाराले सामसङ एक सहज र बुद्धिमत्ता जडान अनुभव प्रदान गर्दछ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि