12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाराजामहाराजाको सेवाका लागि मुख्यमन्त्री नभएको उद्घोष
spot_img

राजामहाराजाको सेवाका लागि मुख्यमन्त्री नभएको उद्घोष

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले आफू राजामहाराजाको सेवाका लागि मुख्यमन्त्री नभएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार भएको तीजविशेष कार्यक्रममा मुख्यमन्त्री बानिया“ले आफूलाई जनताले जनताकै सेवाका लागि पठाएको बताए ।
राजनीति नाफानोक्सानका लागि नगरिने उनको भनाइ छ । मुख्यमन्त्री बानिया“ले नाफानोक्सानका लागि व्यापार गर्नुपर्ने र आफूले पनि त्यही गरेको धारणा राखे । विगतदेखि समाजमा अन्यायमा परेकाहरुलाई न्याय दिन आफू राजनीतिमा होमिएको बताएका मुख्यमन्त्री बानिया“ले जनताप्रति जवाफदेही र निष्ठावान भएर मन्त्रीहरुले पनि काम गर्ने विश्वास व्यक्त गरे ।
उनले प्रदेश सरकारले सबै धर्मप्रति समभाव राख्ने स्पष्ट पारे । धर्म व्यक्तिले धारणा गर्ने भएकाले जात र धर्मका आधारमा राजनीति गर्न नहुने उनले बताए । मुख्यमन्त्री बानिया“ले विगतदेखि नै कांग्रेसले मानवताका आधारमा राजनीति गर्दै भन्दै मानवताकै सिद्धान्तमा अडिग रहेर कांग्रेसकै नेतृत्वमा सशस्त्र जनयुद्ध अन्त्य भएर मुलुक शान्तिप्रक्रियामा प्रवेश गरेको बताए ।
मुख्यमन्त्री बानिया“ले पछिल्लो समय नेपाली कांग्रेसमा झुट र भ्रमको राजनीति बढ्न थालेको बताए । निर्वाचन परिणामलाई नस्वीकारेर पार्टीलाई कमजोर बनाउने गतिविधि कसैले पनि गर्न नहुने उनको भनाइ छ । मुख्यमन्त्री बानिया“ले महिलाको अस्तित्वलाई संविधानले स्वीकार र अंगीकार गरेको भन्दै महिलाहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा लाग्न आग्रह गरे । मुख्यमन्त्री बानिया“ले संविधान संशोधनमार्फत् नेतृत्व तहमा महिलाको उपस्थितिलाई सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री कृष्णकुमार तामाङ, मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपाने, हेटौंडा उपमहानगर उपप्रमुख राजेश बानिया“लगायतको आतिथ्यता थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि