हेटौंडा/नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार महिलालाई लक्षित गरी कोष शुरु गरेको छ । महासंघले बिहीबार तीजविशेष कार्यक्रमको अवसरमा ॅपत्रकार महिलाको प्रजनन् स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोष’ शुरु गरेको हो ।
हेटौंडा उपमहानगर प्रमुख मीना लामाको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा कोषका लागि हेटौंडा उपमहानगरपालिकाले चालु आवमा ५ लाख उपलब्ध गराउने जानकारी दिइएको थियो । नगर प्रमुख लामाले पत्रकार महिलाको प्रजनन् स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले कोष स्थापना गर्नु प्रशंसनीय भएको बताइन् ।
उनले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै कोषले पत्रकार महिलाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कार्यक्रममा कोषमा व्यक्तिगत्रुपमा १० हजार रुपिया“ प्रदान गर्ने घोषणा गरिन् ।
कार्यक्रममा उपमहानगर उपप्रमुख राजेश बानिया“ले पत्रकार महिलाका लागि कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राखे । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उनले उपमहानगरपालिका पत्रकारका सबै खालको हितमा सहयोग गर्न सधैं तयार रहेको बताए । उपप्रमुख बानिया“ले पनि व्यक्तिगत्तर्फबाट कोषमा १० हजार रुपिया“ सहयोगको घोषणा गरे ।
महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषमा १०/१० हजार सहयोगको घोषणा गरे । कार्यक्रममा पत्रकार प्रताप बिष्ट र पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २/२ हजार सहयोग गरे । महासंघ मकवानपुर शाखा कार्यसमितिबाट ११ हजार संकलन गरी कोषमा राखिएको छ । कोषले मकवानपुरका पत्रकार महिलाको प्रजनन् स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरका तर्फबाट पत्रकार महासंघका लागि स्यानिटरी प्याड, सुत्केरी पत्रकारका लागि खाद्यसामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लडप्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्येक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।









