9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाएक थान सक्कली देखाएर ४९ थान नक्कली बेच्न खोज्नेहरु पक्राउ
spot_img

एक थान सक्कली देखाएर ४९ थान नक्कली बेच्न खोज्नेहरु पक्राउ

spot_img
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा–११, सुकुम्बासी टोलमा त्रिवेणीचोकस्थितमा कोठा भाडामा लिइ बस्नेहरुले नक्कली सुनलाई सक्कली भनेर स्थानीयलाई ठग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति करिब ६ बजे मकवानपुरगढी गापा–२ बस्ने वर्ष ३४ का किशोर लामागोले, बकैया गापा–८ बस्ने वर्ष ४५ का सूर्यबहादुर नेगी, वडा–७ बस्ने वर्ष ४४ का सेतेलाल गोङ्बा र नुवाकोट किस्पाङ गापा–१, भाल्चे बस्ने वर्ष ४८ का नाम्केल तामाङको कोठाभित्र फेला पारी खानतलासी गर्ने क्रममा झोलाभित्र राखिएको अवस्थामा सुनजस्तो देखिने पहेंलो धातु ५० थान फेला परेको थियो । उक्त धातु आवश्यक परीक्षणका लागि मकवानपुर सुनचा“दी व्यवसायी संघलाई पत्राचार गर्दा जसमध्ये ४९ थान नक्कली रहेको र १ थान (१० ग्राम) मात्र सक्कली सुन रहेको प्रमाणित भएको प्रहरीले जनाएको छ ।
सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको छ । बा“की ४९ थान सुनजस्तो देखिने नक्कली पहेंलो धातुका सम्बन्धमा सामानहरु बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ठगी उद्योग कसुर मुद्धामा म्याद अनुमतिसहित थप अनुसन्धान कार्य भइरहेको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि