हेटौंडा/पश्चिम मकवानपुरको मनहरी गाउ“पालिकामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई बागमती प्रदेश सरकारले एक लाख रुपिया“ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले मृत्यु भएका परिवारलाई एक लाख उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रदेश विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानिया“ले निर्देशन दिएका छन् ।
उनले प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मनहरी गाउ“पालिका वडा नम्बर–६, दैलीडा“डाका ४६ वर्षीय विशाल ब्लोनको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने जानकारी दिए । ब्लोनको परिवारलाई उक्त रकम उपलब्ध गराउने प्रक्रिया पूरा गर्न प्रदेशका प्रमुख सचिव भुपाल बराललाई मुख्यमन्त्री बानिया“ले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री बानिया“को निर्देशनअनुसार सचिव बरालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख सुरेश खनाललाई आवश्यक कानुनी व्यवस्थाअनुसार प्रक्रिया पूरा गर्न र विपद् व्यवस्थापन परिषद् तथा विपद् व्यवस्थापन कार्यकारी परिषद्को बैठक आह्वान गर्ने एजेण्डा तयार गर्न निर्देशन गरेका छन् ।
मंगलबार दिउ“सो ४ः२० मा चट्याङ लागेर मनहरी–६, दैलीडा“डाका विशालको घटनास्थलमा मृत्यु भएको थियो । घटनामा १२ वर्षीया सारा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र ४७ वर्षीय पानबहादुर मोक्तानलगायत घाइते भएका थिए । गम्भीर प्रकृतिका बिरामी नरहेकाले मनहरी अस्पतालमै जा“च गरी उपचारको व्यवस्था मिलाइएको मनहरी अस्पताल प्रमुख डा. रश्मी झाले बताइन् ।
मनहरी गाउ“पालिका–६, हाङ्लाङमा मृतक मानबहादुर घलानको तामाङ स“स्कारअनुसार घरमा घेवा (किरिया) भइरहेको ठाउ“मा चट्याङ लाग्दा ११ जना घाइते भए । यस दुखद् घडीमा चट्याङ लागि निधन भएका ब्लोनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पालिका अध्यक्ष रञ्जन कालाखेतीले परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
चट्याङबाट घाइते २ वर्षीया साराको परिवारका लागि आवश्यक खाजा र खानालगायत व्यवस्थापका लागि उनले व्यक्तिगत्रुपमा नगद १० हजार सहयोग प्रदान गरेका छ । चट्याङबाट घाइते सबैको पालिकामार्फत् निःशुल्क उपचार गरिएको छ ।









