12.1 C
Makwānpur
Homeमुख्य समाचारयस्तो घरमा बस्छन् सुत्केरी चेपाङ परिवार
spot_img

यस्तो घरमा बस्छन् सुत्केरी चेपाङ परिवार

spot_img
मनिता राना
हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिका वडा–१, इन्द्रुङका करिब ३१ वर्षीय सुमनसिं प्रजाको जीवन निकै दयनीय छ । प्रजा शारीरिकरुपमा प्रष्ट बोल्न सक्दैनन् । उनको घर बिकट राक्सिराङको एक एकान्तकुनामा छ । उनको बासस्थान एउटा छाप्रो छ, त्यो पनि झिक्रा र काठले बारिएको, ह्‌वांग परेको । घर यस्तो छ कि पानी परेको बेला चुहिने र घाम लागेको बेला घामले पोल्ने । उनले घरपरिवार चलाउन अरुको एउटा गाई, एउटा बाख्रा अधिया“मा पालेका छन् ।
उनको पाखामा ३ रोपनी बारि भएको तर परिवारलाई भदौमा नै अनिकाल लाग्ने गरेको छ । आर्थिक अभावका कारण उनलाई घरपरिवार धान्न हम्मे छ । दुई छाक खान र परिवार पाल्न निकै कठिन छ । राम्रो बासस्थान नभएकाले यसअघि सोही वडाका केही युवाले त्रिपालको व्यवस्था गरी स्याउला र काठको पोल गाडेर घामपानीबाट रोक्न अस्थायी टहरा बनाइदिएका थिए । तर बिडम्बना, यस वर्षको बर्खाले अस्थायी घर पनि भत्काइदियो । उनकी पत्नी कान्छीमाया साउन ५ गते सुत्केरी भइन् । त्यस्तो घरमा कान्छीमाया सुत्केरी अवस्थामा बसिरहेकी छन् ।
सहरीया महिलाहरु ॅबेबी सावर’ मा रमाएर फोटो सेसन गरिरह“दा स्वास्थ्य चौकी लगभग ४ घण्टा टाढा र खोलाको बाटो भएकाले गर्भावस्थामा कान्छीमाया ज“चाउनै गइनन् । उनका नवजात छोरालाई कुपोषण भएको पाइएको स्थानीयले बताएका छन् । उनी सुमनको परिवारको पहिलो सन्तान हुन् । सुमनको परिवारको अवस्था निकै नाजुक र खानाका लागि घरमा खाद्यान्न केही नभएपछि स्थानीय एक विद्यालयका शिक्षक प्रेम नेपालीले गाउ“पालिकामा खाद्यान्न र लत्ताकपडा माग गरेपछि पालिकाद्वारा केही राहत चामल, दाल, तेल, नुन, त्रिपाल र कम्बल प्रदान गरेको गाउ“पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
मल्लका अनुसार प्रजाको शारीरिक अवस्था कमजोर र बोल्न नसक्ने भएका कारण उनले घर बनाउन नसकेका हुन् । दिनभरि ज्याला मजदुरी गर्ने, माछा, पाहा, चमेरो मार्न व्यस्त हुने र घर बनाउन समय दिन नसकेकाले हालसम्म उनी घरबारविहीन हुनुपरेको उनले दाबी गरे । ॅउनी बोल्नमात्र नभइ पहु“च नभएका कारण जनता आवास कार्यक्रमअन्तर्गत् घर पाउन सकेनन् । उनको विषयमा कसैले बोलिदिएनन्,’ अध्यक्ष मल्ल आफैं स्वीकार गर्छन् । पाहुनालाई घर उपहार दिने नीति बनाएको पालिकाले भने आफ्‌नै गाउ“का सुमन जस्ता परिवार देखेन ।
अब पालिकाबाट प्रजालाई स्थायी घर बनाउन आवश्यक पहल गर्ने सोच बनाइएको मल्लले बताए । ॅपालिकाअन्तर्गत् आन्तरिक स्रोत भएको भए विपन्न परिवारलाई यसरी बिजोग अवस्थामा राख्ने थिएनौं,’ उनले माया दर्शाए । यस वर्ष पलिकाले विपन्न परिवारका लागि १५ लाख बजेट छुट्याएको उनले जानकारी दिए । यस वर्षबाट विपन्न परिवारलाई सहयोग पुग्ने गरी स्थानीय सरकार आफंै घरघरमा गइ वृद्ध र बोल्न नसक्नेहरु पत्ता लगाइ सहयोग गर्ने योजना बनाइएको उनले बताए ।
प्राकृतिक विपत्तिबाहेक सामान्य अवस्थामा चेपाङ परिवारमा आफ्‌नो खेतीपातीबाट ६ महिनाभन्दा कम खान पुग्ने संख्या ६६ प्रतिशत् छ । खडेरी, असिना, अतिवृष्टि, बाढीपहिरो आए उक्त समुदाय अतिजोखिममा रहने गरेका छन् । वर्षदिने चक्रअनुसार चेपाङ समुदायको फागुनदेखि जेठसम्म खानका लागि कठिन समय हो । एक तिहाइभन्दा बढी चेपाङको खाना जंगलमा आधारित छ । लगभग ४ प्रतिशत् चेपाङ परिवारस“ग मात्र खाद्यबचत हुन्छ ।
संघीय सरकारको जनता आवास, खरको छानामुक्त आवास, सुरक्षित आवास जस्ता कार्यक्रमहरु सुमन जस्ता पहु“चविहीनहरुका लागि आकाशको फलजस्तै बनेको छ । आव २०८१/०८२ मा राक्सिराङ गाउ“पालिकाले पालिकामा बसाइ“सराइ गरी आउनेलाई ॅघर उपहार’ को निर्णय गरेको थियो । उक्त गाउ“मा बसाइ“सराइ गरी आउने धादिङका ४ जनाले घरदाबी गरेकाले हाल राक्सिराङमा नया“ घर बनिरहेको अध्यक्ष मल्लले जानकारी दिए । पालिकाको ॅघर उपहार’ योजना करिब निष्प्रभावी छ ।
नेपालमा अतिसीमान्तकृत समुदाय र जनजातिमा पर्छ चेपाङ । आव २०५५/०५६ देखि चेपाङ संरक्षित क्षेत्र हुनुपर्दछ भनेर माग गर्दै आइरहेको छ । चेपाङ समुदायको बसोबास भएको थातथलो चार जिल्ला हो भने राष्ट्रिय जनगणनाअनुसार २६ जिल्लामा बसोबास रहेको तथ्यांकले देखाउ“छ । चेपाङ समुदायको बाक्लो बस्ती मकवानपुरमा पनि छ । त्यसमध्ये मकवानपुरमा चेपाङ जातिको बाहुल्यता छ ।
मकवानपुरमा १९ हजार २ सय ३३ चेपाङ छन् । जिल्लाको जातिगत् हिसाबमा चेपाङ पा“चौं स्थानमा छन् । राज्यको मुलप्रवाहीकरणमा प्रतिनिधित्व सुनिश्चिततासहित चेपाङको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि चेपाङ स्वायत्त क्षेत्र निर्माण गर्ने प्रावधानसहित नेपालको संविधानमा स्वायत्त क्षेत्रको परिकल्पना भएकोले हाल बसेको ठाउँमा भन्दा पनि सीधै स्वायत्त क्षेत्रतर्फ जानुपर्ने माग गरिएको लामो समय भइसकेको छ । सरकारले सूचीकृत गरेको र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सूचीका ५९ आदिवासी जनजातिमध्ये एक हुन् चेपाङ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि