हेटौंडा/अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय क्युकोसिन कराते प्रतियोगितामा नेपालका लागि दुई विधामा स्वर्ण र कास्य पदक विजेता हेटौंडा उपमहानगरपालिका–१८ का सुदर्शन खतिवडालाई उपमहानगरले नगद २५ हजार १ सय २५ रुपिया“सहित सम्मानपत्र प्रदान गरेको छ । उक्त पत्र उपमहानगर प्रमुख मीनाकुमारी लामाले मंगलबार प्रदान गरेकी हुन् ।









