9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचेपाङ परिवारलाई खाद्यान्नसहित सहयोग
spot_img

चेपाङ परिवारलाई खाद्यान्नसहित सहयोग

spot_img
हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिकाले एक चेपाङ परिवारलाई खाद्यान्नसहित सामग्री सहयोग गरेको छ । राक्सिराङ गाउ“पालिका वडा–१ का सुमनसिं प्रजालाई दैनिक गुजारा गर्न समस्या भएको पाइएपछि पालिकाले खाद्यान्न र लत्ताकपडा सहयोग गरको हो ।
पालिका अध्यक्ष राजकुमार मल्लले सुमनको घरको अवस्था दयनीय रहेको र पत्नी सुत्केरी रहेको भन्दै पालिकामा राहत सामग्री माग गर्न आएकाले सहयोग प्रदान गरिएको जानकारी दिए । गाउ“पालिकाले राहत सामग्रीस्वरुप चामल, दाल, तेल, नुन, त्रिपाल र कम्बल प्रदान गरेको हो । सुमनको घरको अवस्था कमजोर रहेकाले आवासको व्यवस्थासमेत गर्ने योजना रहेको पालिका अध्यक्ष मल्लले बताए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि