12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाग्रामीण स्वास्थ्य सुरक्षा उच्च प्राथमिकतामा
spot_img

ग्रामीण स्वास्थ्य सुरक्षा उच्च प्राथमिकतामा

spot_img
हेटौंडा/बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले ग्रामीण भेगका जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न लागेका छन् । त्यसका लागि स्वास्थ्य संस्थाहरुलाई आवश्यक उपकरण उपलब्ध गराउने अभियान प्रदेश स्वास्थ्य मन्त्रालयले सुरु गरेको छ ।
मन्त्री थापाले दुरदराजका नागरिकलाई आधारभुत स्वास्थ्य सुबिधा सुनिश्चित नगरी प्रदेशको स्वास्थ्य क्षेत्रमा रुपान्तरण सम्भव नहुने भन्दै स्वास्थ्य उपकरणलाई पहिलो प्राथमिकतामा राख्ने नीति अघि सारेका हुन् । सोमबार उनले सिन्धुपाल्चोकको दुर्गम पा“चपोखरी थाङ्पाल गाउ“पालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन् ।
उनले पालिका अध्यक्ष टासी लामालाई अल्ट्रासाउन्ड मेसिन, ईसीजी मेसिन र विभिन्न औषधि हस्तान्तरण गरे । मन्त्री थापाले प्रदेश स्वास्थ्य मन्त्रालयस्थित आफ्‌नै कार्यकक्षमा ती उपकरण हस्तान्तरण गर्दै ग्रामीण जनतालाई गुणस्तरीय उपचार सेवामा पहु“च पुर्‍याउनुपर्नेमा जोड दिए ।
प्रदेश सरकारको योजनाअनुसार आगामी दिनमा पनि ग्रामीण भेगका अस्पताल तथा स्वास्थ्य चौकीलाई प्राथमिकताका आधारमा अत्यावश्यक उपकरण उपलब्ध गराइनेछ । ॅसहरमा मात्र स्वास्थ्य सेवा दिएर पुग्दैन । स्वास्थ्य सेवा पहु“चको अधिकार सबै नागरिकलाई समानरुपमा सुनिश्चित गर्नुपर्छ,’ उनले भने । यसअघि पनि प्रदेश स्वास्थ्य मन्त्रालयले विभिन्न दुर्गम गाउ“का स्वास्थ्य चौकीहरुमा प्रयोग हुने सामग्री तथा जनशक्ति उपलब्ध गराउ“दै आएको छ । स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा देखिएको असमानता न्यूनीकरण गर्दै ग्रामीण भुगोलका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि