9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजनताको आवाज सुन्न वडा अध्यक्षलाई रेडियो
spot_img

जनताको आवाज सुन्न वडा अध्यक्षलाई रेडियो

spot_img
हेटौंडा/पा“च वर्षअघिबाट प्रसारण सेवा थालेको कालिका–९, शक्तिखोरमा रहेको चेपाङको आफ्‌नै रेडियो एफएम ८७.६ मेगाहर्जले चेपाड बाहुल्य क्षेत्रका वडा अध्यक्षलाई रेडियो सेट उपहार दिएको छ । आइतबार पा“चौं वार्षिकोत्सव मनाएको रेडियोले कार्यक्रममा उपस्थित वडा अध्यक्षलाई जनताको गुनासो, आवाज, प्रतिक्रिया सुन्नका लागि भन्दै रेडियो सेट उपहार दिएको हो ।
रेडियो अध्यक्ष मंगल चेपाङले आफ्‌नो क्षेत्रका बासिन्दाहरु धेरैजसो हाल पनि सञ्चारमाध्यमका रुपमा रेडियोमै निर्भर रहेकाले वडा प्रमुखलाई उनीहरुको गुनासो सुन्न सजिलो होस् भनेर रेडियो सेट उपहार दिएको बताए । ॅवडा र नगरका सूचना रेडियोबाट जनताले थाहा पाऊन् भनेर हामीले निकट भविष्यमा रेडियो पहु“च नभएकाहरुका लागि ५० वटा बा“ड्ने तयारी गरेका छौं,’ अध्यक्ष मंगलले भने–जनताको आवाज जनप्रतिनिधिसम्म र जनप्रतिनिधि वा स्थानीय सरकारको काम जनतासम्म लैजानका लागि रेडियो वितरण थालिएको हो ।
कालिका नगरपालिका वडा–८, ९, १० र ११ मा अधिकांश चेपाङ समुदायको बसोबास छ । गाउ“घरमा अझै पनि बिजुली र इन्टरनेटको अभाव छ । ॅपत्रपत्रिका र टिभी पुग्न सकेका छैनन्, केही मान्छेको हातमा फोन छ तर बिजुली र नेट अभावले भनेजस्तो भएको छैन,’ अध्यक्ष मंगल भन्छन्‌–सूचनाको पहु“चबाट टाढा रहेकाहरुलाई रेडियो सेट उपलब्धिमूलक हुनेमा हामी विश्वस्त छौं । ॅआफ्‌नै गाउ“घरको रेडियो भनेपछि स्थानीयमा पनि रेडियो सुन्ने बानी र रेडियोप्रतिको माया हु“दो रहेछ,’ उनले भने–सूचना, समाचार र मनोरञ्जनबाट चेपाड समुदाय वञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो ।
कालिका–११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजाले उपहारस्वरुप पाएको रेडियो वडा कार्यालयमा राख्ने बताए । वडामा आउने सेवाग्राहीहरुले समय कटाउनका लागि सहज होस् भनेर वडामै राख्ने उनले बताए । ॅहामीले नपाएको सूचना र जनताको गुनासो रेडियोमार्फत् आउन सक्छ । त्यसैलाई आधार मानेर हामीले समस्या समाधान पनि गर्न सक्छौं,’ वडा अध्यक्ष कृष्णले भने–जनता र जनप्रतिनिधिको सम्बन्ध झन् नजिक बनाउन रेडियो प्रभावकारी हुने विश्वास छ ।
नेपाल रेडक्रस सोसाइटी शक्तिखोर उपशाखा सचिव पूर्णबहादुर पुरीले गाउ“घरमा हाल पनि रेडियोको प्रभाव उत्तिकै रहेको बताए । ॅपत्रपत्रिका, टिभी गरिबको पहु“चबाहिरको कुरा हो । सस्तोमा उपलब्ध हुने रेडियो नै हरेक उमेर समूहका लागि उपयुक्त हुनेछ,’ पुरीले भने । स्थानीयस्तरका विज्ञापनहरु पनि स्थानीय रेडियोलाई दिइ आर्थिकरुपमा सबल बनाउन सकिने उनको भनाइ छ । पछिल्लो समय रेडियो सुन्ने स्रोता कम भएको अवस्थामा चेपाङ समुदायको भाषा, सँस्कृति संरक्षण र प्रवद्र्धनमा रेडियोको भूमिका उल्लेखनीय हुने कालिका–१० का वडा अध्यक्ष महेन्द्र चेपाडको भनाइ छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि