10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा१५ हजार जनाको वीमा गर्ने लक्ष्य
spot_img

१५ हजार जनाको वीमा गर्ने लक्ष्य

spot_img
हेटौंडा/देशका यातायात व्यवसायीहरुको सबभन्दा ठूलो साझा संस्था नारायणी यातायात व्यवसायी संघले आफ्‌ना सदस्यहरुको हितलाई ध्यानमा राखेर दुर्घटना वीमा कार्यक्रम सुरु गरेको छ ।
संघले सवारीधनी, चालक र सहचालकको दुर्घटना वीमा कार्यक्रम सुरु गरेको हो । नारायणी यातायात व्यवसायी संघआबद्ध व्यवसायी सदस्यका लागि १० लाख रुपिया“बराबर वीमा गरिएको छ भने चालक र सहचालकको लागि पा“च लाख रुपिया“ वीमा गरिएको संघ महासचिव सरोज खनालले जानकारी दिए ।
संघ अध्यक्ष हीरालाल श्रेष्ठले ८ सय २४ जना व्यवसायी सदस्यको वीमा प्रिमियमबापत् १ लाख ७९ हजार रुपिया“को चेक सगरमाथा लुम्बिनी इन्सुरेन्स प्रालिका क्षेत्रीय प्रवन्धक मछेन्द्र बोगटीलाई हस्तान्तरण गरे । क्षेत्रीय प्रवन्धक बोगटीले अध्यक्ष श्रेष्ठलाई वीमालेख प्रदान गरे  । व्यवसायीलाई आर्थिक भार कम होस् भन्ने उद्धेश्यले वीमा कार्यक्रम ल्याइएको अध्यक्ष श्रेष्ठले बताए । क्षेत्रीय प्रवन्धक बोगटीले वीमा कार्यक्रम जुनसुकै दुर्घटनामा पनि समावेश हुने जानकारी दिए ।
संघ निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागार्इंले संघआबद्ध सबै व्यवसायीको वीमा गरिने जानकारी दिए । पहिलो वर्षका लागि वीमा प्रिमियम नारायणी यातायात व्यवसायी संघले तिरिदिने र आगामी वर्षबाट भने वीमित स्वयम्‌ले तिर्नुपर्ने बताइएको छ । सवारीधनीको हकमा वार्षिक ३ सय १० रुपिया“ र चालक तथा सहचालकको हकमा वार्षिक १ सय ५५ रुपियाँ प्रिमियम शुल्क लाग्नेछ । वीमा कार्यक्रमअन्तर्गत् सवारीधनी, चालक र सहचालक गरी करिब १५ हजार जनाको वीमा गरिने लक्ष्य राखिएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि